समाजसेवी ज्ञवालीले गरे एक महिनाको भाडा छुट

प्रकाशित मिति:

तिलोत्तमा, २० असार – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ निबासी समाजसेवी हरिप्रसाद ज्ञवालीले जेठ महिनाको घरभाडामा पुरै छुट दिने घोषणा गरेका छन् ।

ज्ञवालीले मणिग्राममा रहेको दुईतले घर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका छन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै तिलोत्तमा चेम्बर अफ कमर्शले भाडा छुट गर्न आग्रह गरेपछि जेठ महिनाको भाडा पुरै छुट गर्ने घोषणा गरेका हुन् ।
कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर ज्ञवालीले भाडा छुटको घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेयले जानकारी दिए ।

तिलोत्तमा क्षेत्रमा केही दिनअघि मात्रै तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्र प्रसाद कंडेल, संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपाने, तिलोत्तमा–५ मणिग्राम निबासी गिरिशमणि आचार्य दीक्षित र शोभाखर तिमिल्सेनाले जेठ महिनाको घर भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।