पाण्डबखानीमा वडा अधिवेशनको पुर्व तयारी

प्रकाशित मिति:

सुरेश छन्त्यालर गलकोट- गलकोट नगरपालिका १० पाणडबखानीमा नेपाली काग्रेसको भेटघाट तथा छलफल साथै वडा अधिवेशनको पनि पुर्व तयारी समेत सम्पन्न भएको छ। गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको नेपाली काग्रेस वडा कार्य कमितिको आयोजनामा भएको भेटघाट कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले नेपाली काग्रेसको स्थापना नेपाली जनतालाई चरम ज्यादती, शोषन गरिरहेको राणा कालिन समयमा भएको हो।

तत्कालीन समयदेखि नै शुवर्ण समसेर र विपी कोइराला विचको समझदारी मार्फत नेपाली जनताको उन्मुक्ति निमित्त नेपाली काग्रेस स्थापना भएको भन्दै स्थापना कालदेखि नै लोकतान्त्रीक प्रक्रियामा रहेर अहिले १४ औं महाधिवेशन पुर्व सन्ध्यामा आइरहेको बताउनु भयो। यो अबसरमा देश, समाजको मुहार फेर्न को लागि सहि नेतृत्व चयन गर्नु क्रियासिल काङ्ग्रेसिहरुको महत्वपुर्ण भुमिका रहेकोले सम्पुर्णमा जगरुक हुन अपिल गर्नु भयो।

संविधानसभा सदस्य नरबहादुर पुन निरजको प्रमुख आतिथियतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ति, जिल्ला सदस्य रामप्रसाद वि.क, पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, भुतपुर्व शैनिक संघ, कृयाशिल सदस्य, तरुण दल, शिक्षक संघ लगाएतका प्रतिनिधि, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगाएतको सहभागीता रहेको कार्यक्रममा पार्टी सभापति देवराज पुनको सभापतित्यो, सह सचिव दिप घर्तिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन सचिव ज्ञानबहादुर श्रीसले गर्नु भएको थियो।