विभेद भित्रको विभेद, शिक्षा चेतना र सोचको कमी

प्रकाशित मिति:
विपिन विश्वास रायमाझी

हामी आम नेपालीहरु मध्येका एक हुल नेपालीहरु आजकल सामाजिक सञ्जालमा छ्याप्छ्यापी भेटिन्छौँ। एकथर काम, व्यस्तता भएता पनि भने अर्कोथरी बेरोजगारी, फुर्सदिलो सङ्गै जन्मैदेखिको अर्काको कुरा नकाटी नहुने लगायतका हाम्रा यस्ता अभ्यस्त बानीहरुलाई भरणपोषण गर्न र आफ्ना कुरा राख्न बुझ्न चाख मान्न सामाजिक संजालमा उपस्थित छौँ र यसको लागि फेसबुक लगायतका सामाजिक संजाल मुख्य बजार बनेका छन। यसै बिचमा यहि समयमा केही विषयमा सामाजिक संजाल एवम सामाजिक रुपमा पनि ठूलो बहस भयो लगभग लगभग आज हप्ता दस दिनमा त्यो माहोल उस्तै उस्तै बन्दै गएको छ, सेलाईसकेको छ। अधिकाशले आ- आफ्ना धारणा राख्नुभयो आदर्शका कुरा गर्नुभयो ।

म भने बीचमा मौन जस्तै बसे जब बिषय उठयो जोड तोडका साथ सामाजिक संजाल रङ्गिए भीषण आदर्शवादी कुराहरु भए तर‘‘ गहिराई र समाधान तर्फ पुग्नु अगाबै हामी आ(आफ्नो कममा फर्कियौ, म छुवाछूत गर्दिन क्यारे भन्ने तर्क सहित अर्कोलाई त के गर्ने कसरी गर्ने रोक्ने यस्तै छ भन्ने निष्कर्षमा पुग्यौ । यस बिचमा यति बोल्यौ कि अब समाधान खोज्ने बेला आईपुग्दा हामीसङ्ग शब्द म हरुनै छैनन हामी थकित छौँ।आफू एक कदम माथि उठ्यो कि म त्यो समाजकै होइन। उनिहरु म भन्दा कमजोर हुन। म उनिहरु सँग भुलेर उनीहरुको जीवनस्तर सुधार्न लाग्दिन भन्ने प्रवृत्ति र अहमता गडेको छ। तपाईहरु गारो मान्नुहोस या नमान्नुहोसरु यो विभेद आर्थिक असमानताको कारण पारिवारिक व्यवस्थापन र चेतनाको कारण गडेको विभेद हो।म यसै बिचमा तेहि छुवाछूत र कोठा(कोठा सङ्ग जोडिएका विषय सुन्दै सुन्दै तिनै वस्तिहरुमा पुगे र पढे उनिहरुलाई, उनिहरुसङ्गै उनीहरुकोमा पाकेको खाए (जहाँ सफा थियो) ! त्यहाँ कोहि यति अभ्यस्त र व्यावहारिक भेटे कि उनिहरु आफैले छुवाछूतलाई पर धकेल्दिएका छन आफैमा नम्र र मिठासका अध्ययानका मिसाईल छन।

समाजमा बिस्तारै अब्बल सावित बन्दैछन, कतिपय ठाउँमा दलित अथवा तल्लो बर्ग भनेर हेपिने कुरामा उनिहरुको निम्ति छाती खोलेर अगाडि लड्न हिम्मत जाग्यो भने कतिपय म अझै दलित हुँ भनेर,म फ़ोहोर हुनुपर्छ,कमजोर हुनुपर्छ,म सँग केही हुन्न,म मागिखाने हुँ। भन्ने मानसिकता सहित अझै खुम्चिएका छन। जहाँ मुर्ख देखि दैव डराउछ भन्ने उखान बाहेक सङ्ग बोल्न केही आएन।यहि बिचमा एवम अघिपछि अधिकांश स्थानीय तहले बजेट तथा कार्यक्रम सार्वजनिक गरे छुवाछूत र सामाजिक विभेद हटाउने भनेर बचेकुचेका कति कार्यक्रम असार मसान्त अगाबै गरे,गर्दैछन। अधिकांश ठाउँमा उनिहरुको स्तर सुधार्न र जागरुक बनाउन ठूलो लगामा उधमसिल कार्यक्रम लगायत तालिमहरु संचालन भैरहेका छन। तर वस्तीका वास्तविकता यथावत छन, उनिहरुको जीवनस्तर यथावत छ।तपाईहामी सबैजनाले यो विभेद हटाउन अनेकन सुझाव दियौं आदर्शका कुरा पोख्यौँ र शिक्षा र चेतनाको कुरा सँग नजिक हुन सकेनौ। विभेद संसारभर छ कहीँ कुन रुपमा त कहीँ कुन रुपमा त्यसको प्रमुख कारण चेतना र आर्थिक असमानता हो। त्यो चेतना नभएको गरिब हुनु हो! उ सँग चेतनाको थोरै हिस्सा पनि छैन र उ हेपिन्छ। जहाँपनि चेतना नभएका व्यक्तिहरुको सङ्होलबाट समाज निर्माण हुन्छ त्यहाँ यो विभेद छ।

हामी कहाँ नीर चुक्यौँ तरु के बिहानै उठ्दा मुख धोईदिने, बिस्तारा उठाईदिने, आफ्ना लुगा धोईदिने, बालबच्चाको सरसफाइ गर्दिने, दैलो बडार्दिने, पोछा लगाईदिने काम राज्यले गर्दिने होरु ती सामान्य काम हामी आफैले गरौ चेतनशील बनौँ अनि लडौँ।हामी कहाँ भएको जातका आधारमा हुने विभेद अत्यन्तै साँघुरो बिचार र कमजोर एवम् पुरातन मनोबिज्ञान हो जहाँ म हामी र तपाईं सामेल छौँ। यस बिचमा भएका कोठा र कोटाको तुलना पनि आ-आफ्नो तरिकाले व्याख्या अपव्याख्या गरियो। ८-१० प्रतिशत आरक्षण कोटाले सिङ्गो समुदाय र बर्चस्व राखेको धारलाई असर गर्छ जस्तो भने लाग्दैन। हामिकहाँ रोजगारिको घनिभुत समस्या भएको कारण कोटा र आरक्षणमा विवाद उत्पन्न भएको हो।

प्रसस्त रोजगारीका संभावना हुने र प्रसस्त काम पाउने हो भने कोसैलाई विभेद गर्ने फुर्सद हुदैन। विभेदको मुल जड चेतनाको कमि बेरोजगारीका कारण उत्पन्न आर्थिक असमानता हो। अधिकांश त्यो पछि परेको समुदायमा चेतनाको स्तर ज्यादै न्यून छ। उक्त समुदाय बाट प्रतिनिधित्व गरेर गएका केही जान्ने बुझ्ने अस्ति काठमाडौंको केशमा नाईका देखिएकी रुपा जस्तै दाजुभाई दिदिबहिनी हरु आफ्नो त्यो समुदायमा चेतनाको स्तर वृद्धि गर्न लाग्नुहुन।आफू एक-कदम माथी उठ्यो कि म त्यो समाजकै होइन होइन, उनिहरु म भन्दा कमजोर हुन म उनिहरु सँग भुलेर उनीहरुको जिवनस्तर सुधार्न लाग्दिन भन्ने प्रवृत्ति र अहमता गडेको छ। तपाईहरु गारो मान्नुहोस या नमान्नुहोसरु यो विभेद आर्थिक असमानताको कारण पारिवारिक व्यवस्थापन र चेतनाको कारण गडेको विभेद हो। हो अधिकांश गैर( दलितले विभेद गरेका छन्। जातियताको आधरमा गरिने विभेद अपराध हो। त्यो निन्दनीय हो।

यद्यपि कतिपयले सम्झाउँदा बुझाउँदा र हद भएर ९मूर्ख सङ्ग दैव डराउछ० भन्ने लागेर थकित भएका पनि छन। अधिकांश युवा अधबैंसे दलित समुदायको दाजु भाईहरु किन राम्रो हुन मन नलागेकोरु परिश्रम गरेर कमाएको रकमले सन्तानको भविस्य किन सोच्न मन नलागेकोरु लुगा धोएर लगाउन किन मन नलागेको रु बच्चा लाई सफा गराउन किन मन नलागेको रु नयाँ कपडा किन्ने हैसियत त भएन भएको कपडा धोएर लगाईदिन किन मन नभएको रुसँगसँगै भारत एवम् वैदेशिक रोजगारीको सिलसिलामा गएर करिव उतिनै पारिश्रमिक लिएर गैरदलितले जस्तै पारिवारिक ब्यबस्थापन र पैसाको उचित लगानी गर्न किन नसकेको रु यसको कारण गैर(दलित हो रु त्यसैले समुदायमा सामाजिक चेतनाको स्तरलाई वृद्धि गरौ सकारात्मक सोचको बिकास गरौं।यो भित्र एकथर शिक्षित र चेतनसिल त्यो समुदायका ब्यक्तिहरु पनि छन जसले गैर दलितले भन्दा राम्रो पारिवारिक व्यवस्थापन र बालबालिकाको भविष्य र अध्यनमा लगानी गरेका छन!

हामी कहाँ नीर चुक्यौ तरु के बिहानै उठ्दा मुख धोईदिने, बिस्तारा उठाईदिने, आफ्ना लुगा धोईदिने, बालबच्चाको सरसफाइ गर्दिने, दैलो बडार्दिने, पोछा लगाईदिने काम राज्यले गर्दिने हो। ती सामान्य काम हामी आफैले गरौ चेतनसिल बनौ अनि लडौँ।अधिकांश दलित समुदायको भाईबहिनी हरुलाई पढाइ न-आउने कुन समस्या होरु पढेन पढाइ जो आएन भन्ने ६ कक्षामा पढ्ने छोरालाई मजदुरिको लागि पठाउने कुन प्रवृत्ति होरु हामिले सुधार्नुपर्छ। जातको आधारमा यो युगमा गरिएको विभेद अपराध हो। हामी सामाजिक चेतनाको स्तरमा निकै कमजोर सावित भएका छौँ। हामिले उक्त समुदायलाई कसरी माथी उठाएर समाजमा सबल र सक्षम स्थापित बनाउन सकिन्छ अनि खुसी भएर बाच्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत गरौँ।

स्थानिय सरकार, प्रदेश सरकार तथा केन्द्रिय सरकारले सामाजिक चेनताको स्तर र सार्वजनिक शिक्षाको गुणस्तरीयता वृद्धि गर्न गरेको लगानिले कुन समुदाय कहाँ रु कति बेला माथी उठयो रु उसको जिवनस्तर कहाँ उकासियो रु यस सम्मन्धि कुनै तथ्यांक छैन्न । गैरसरकारी सस्थाहरु लागि परेर धर्म परिवर्तन गराउन हिडेका छन । देश पुरै  NGO/INGO ले चलाएको छ। अधिकांश धर्म परिवर्तन, चेतनाको स्तर नपुगेका र आर्थिक हैसियत नभएका समुदायमा ब्याप्त छ। अनि तेहि परिवर्तित समुदायलाई प्रयोग गरेर जातिय खलल उठेका छन।राज्यले एक सबल र वैचारिक संरचना निर्माण गरेर राज्यकै तर्फबाट सामाजिक चेतना र गुणस्तरीय शिक्षाको निम्ति कार्यक्रम तय गरोस्,त्यो पनि उपलब्धि मुलक र परिणाम मुखी १ त्यो गर्न सकियो र साच्चिकै समाज लाई स्थापित गराउन समन्वय गर्नसक्ने कर्मचारी पायौ र उक्त समुदायको ब्याक्तीहरुले समाजमा चेतना र उचित लगानी पाए भने यो जातिय भडखालोलाई बिस्तारै पुर्न सकिन्छ ।

पुरातनवादी सोच र बिचारले गडेको जातिय भडखालो आफैमा गलत हो र पनि तपाईं म हामी सुधारिन सकेनौं एक दलितले अर्को दलितलाई हेप्न छोडेन रु आफू(आफू बिचमा विभेद गरिसकेपछी अर्कोले बिभेद किन गरिस कसरि भन्न मिल्छ रु बाकी कुरा र विभेदका बिरुद्द सबै लडौ लडौला तर आज तत्कालीन अबस्थामा देशभर त्यो पिछडिएको समुदायबाट स्कुल जाने सामान्य बालबालिकाको चेतनाको स्तरमा केही परिवर्तन गरौ सबै लागौं भोलि यो विभेद र यो स्थिती कहासम्म पुराउने भन्ने उनीहरुको हातमा छ।आज पनि उक्त हेपिएको समुदायबाट प्रतिनिधित्व गरेका मेरा अधिकाम्स हितैषी साथीहरु हुनुहुन्छ। तपाईहरुले म त्यो हुँ र म कमजोर समुदायको हुँ भन्ने मानसिकता त्यागनुहोस, म कसरी सक्षम र सबल हुने भन्ने तर्फ सोच्नुहोस। यो विभेद र अपराध विरुद्ध तपाईं हामी नलडे को लड्नेरु !उनिहरुले कसरी पढछन र कुन सस्कारमा हुर्किन्छ भन्ने कुराले यो विभेद लाई कहाँ सम्म पुर्याउने भन्ने निर्धारण गर्दछ रु त्यसैले त्यो समुदायको बालबालिकाको भविस्यमाथी भद्दा मजाक र खेलवाड नगरौं उस्लाई जस्तो शिक्षा दियो उस्तै चेतनसिल समाज बन्ने हो, उ पारिवारिक कारण ले केही मूर्ख र अज्ञानि होला र परिवर्तन सम्भब छ उस्लाई समाजिक चेतनाको स्तर वृद्धि सहित सबल र स्थापित गराएर विभेदरहित सामाजिक मार्गको आधार स्थापित बनाउन भने सकिन्छ।

आज पनि उक्त हेपिएको समुदायबाट प्रतिनिधित्व गरेका मेरा अधिकांश हितैषी साथीहरु हुनुहुन्छ। तपाईहरुले म त्यो हुँ र म कमजोर समुदायको हुँ भन्ने मानसिकता त्यागनुहोस, म कसरी सक्षम र सबल हुने भन्ने तर्फ सोच्नुहोस यो विभेद र अपराध विरुद्ध तपाईं हामी नलडे को लड्नेरुयहि विभेद र सोचको कारण अधिकासका आत्मिय प्रेम टुटेका छन अधिकाम्स्लका घरबार छुटेका छन।सामाजिक चेतनाको स्तर वृद्धि गर्न तपाईको समुदायमा हामी सङ्गै जाऔ सङ्गै हिडौ,मानिस जन्मदै मूर्ख जन्मिएको हुदैन उस्लाई समाज ज्ञान शिक्षा र चेतनाले मूर्ख बनाउने हो।झुपडिको बिचमा महल बनाएर रमाउन सक्नेहरु कमै हुन्छन होला पक्कै त्य्सैले त्यो समुदायमा हुनुभएको अधिकाम्स ब्याक्तीहरुले म मागेर खानेहो म कमजोर छु म जहिले मदिरापान गर्नेहो हामी पढ्न सक्दैनौँ राज्यले केही गदैन भन्ने मानसिकता त्याग्नुहोस।अ हो राज्य तेस्तै छ संरचना ध्वस्त छन त्यो बनाउने कोस्ले तपाईं हामिले होइनरु हिजो तपाईं हामी सङ्गैका तेहि चेतनाको स्तर नपुगेका बस्तीहरुका व्यक्तिहरुले आफ्ना अमुल्य मत पैसामा बेचेर बिग्रेको संरचना होइनरु त्यसैले पहिले तपाईं बलियो हुनुहोस्,सोच बिकसित गर्नुहोस्,चेतना अभिबृदी गर्नुहोस्। अनि त्यो सङ्गै यो अपराध विरुद्ध लडौला।नत्र तपाईको त्यो स्तर, त्यो सोच र त्यो फोहोरीपन सङ्ग सबैले भेदभाव गर्छ र त्यो रहिरहन्छ यो कुरामा निर्धक्क हुनुहोस्। यो विभेदको खाडल कत्रो बनाउने कहाँ पुर्याउने तपाईंहाम्रो अझै भनौँ तपाईंको हातमा छ। धन्यवाद१