टी २० क्रिकेटमा दोहोरो शतक !

प्रकाशित मिति:

टी २० क्रिकेटमा एक जना खेलाडीले दोहोरो शतक बनाएका छन् । उनले वेस्टइन्डिजका क्रिस गेलले बनाएको १७५ रनको रेकर्ड पनि तोडेका छन् । उनी हुन् दिल्लीका सुवोध भाटी । भाटी टी २० क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो क्रिकेटर बने ।

एक क्लब टी २० मा उनले ७९ बलमा २०५ रनको धुवाँधार पारि खेले । उनले १७ छक्का र १७ चौका प्रहार गरेका थिए । सुवोधले खेलेको दिल्ली एघारले सिम्बालाई २५६ रनको स्कोर खडा गरेको थियो ।३० वर्षिय सुवोधले दिल्लीबाट अहिलेसम्म ८ पहिलो श्रेणी, २४ लिस्ट ए र ३९ टी २० म्याच खेलेका छन् ।टी २० मा दोहोरो शतक पछि सर्वाधिक रन बनाउने रेकर्ड गेलको रहेको छ । उनले सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि पुणे वारियर्सविरुद्ध ६६ बलमा १७५ रन बनाएका थिए ।

टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी भने अस्ट्रेलियाका एरोन फिन्च हुन् । उनले जिम्बाब्बे विरुद्ध २०१८ मा ७६ बलमा १७२ रन बनाएका थिए । यसमा १६ चौका र १० छक्का समावेश छ । यसैगरी अफगानिस्तानका हजरतुल्लाह जजईले २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा १६२ रनको नटआउट पारि खेलेका थिए ।