लायन्स बुटवल मुक्तिनाथको पद हस्तान्तरण अध्यक्षमा पाण्डे

प्रकाशित मिति:

बुटवल । लायन्स क्लाब अफ बुटवल मुक्तिनाथको बार्षिक साधारणसभा तथा सातौ अधिबेशन वाट निर्वाचित कार्यसमितिलाई एक समारोहका बीच पद हस्तान्तरण गरिएको छ । जुलाई १ का दिन बुटवलमा आयोजित पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष सुरेशचन्द्र भट्टाराईले नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद पाण्डे लाई जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

जसअनुसार अध्यक्ष पदमा कृष्ण प्रसाद पान्डे , प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद आचार्य,द्वितीय उपाध्यक्षमा कृष्ण भुषाल ,तृतीय उपाध्यक्षमा गोबिन्द बन्जाडे , सचिबमा दिपेन्द्र पाण्डे , कोसाध्यक्षमा छबिलाल पाण्डे, सहसचिबमा तुलसीराम पाण्डे ,सहकोसाध्यक्षमा तारा प्रसाद पाण्डे,त्यस्तै टेलटुइस्टरमा बिस्वमणि भुषाल,पिआरओमा राजेश गौतम, तामरमा ज्ञानीराम आचार्य, डाइरेक्टर मा सुवाष पाण्डे,राधाकृष्ण पन्थी ,गोपाल घिमिरे,कासिराम पाण्डे,पदम पौडेल,ढाकाराम भण्डारी,ठाकुर पाण्डे निर्वाचित भएका छन ।

सोहि अवसरमा बर्ष २०२०÷२१ का अध्यक्ष सुरेशचन्द्र भट्टाराईले आफ्नो कार्यकालमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए सो अवसरमा उच्च रकम सौजन्य गरेवापत राजन पाण्डे,उत्कृस्ट कार्यक्रम संयोजकको अवार्ड वाट कृष्ण प्रसाद पाण्डे,धेरै कार्यक्रमहरुमा उपस्थित हुने उमलाल घिमिरे,पदीय कर्यकुसलता देखाएवापत तुलसीराम पाण्डे,गोबिन्द प्रसाद बन्जाडे,दिपेन्द्र पाण्डे,स हयोगी संस्थाहरु प्रभु लाइफ इन्स्योरेन्स र हाई लाइफ फुड लगायत समानित भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामप्रसाद बन्जाडेले लायन्स मुक्तिनाथले लायन्स अन्तरास्ट्रियको मर्म अनुसार सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्नुभएको थियो ।त्यस्तै अतिथिहरु लक्ष्मण रेग्मी,गणेशप्रसाद भट्टराई, प्रसान्त टन्डन र भोजराज पाण्डेले मुक्तिनाथ क्लबले यो क्षेत्रमा पुर्याएको सामाजिक सेवा र काम गर्ने सैलीको अरु सस्थाहरुले समेत सिको गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बर्ष २०२०÷२१ का सचिब गोबिन्द प्रसाद बन्जाडको संचालनमा सम्पन्न कार्यक्रममा निर्वाचन आयुक्त शोबाखर बन्जाडेले नवनिर्वािचत कार्यसमितिको घोषणा गर्दै अविर र मालाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वािचत अध्यक्ष कृष्ण प्रसाद पाण्डले आफुलाई सर्वसम्मत अध्यक्ष्य निर्वािचत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै लायन्स अन्तरास्ट्रियको नीति नियमको अधिनमा रहि निस्वार्थ सामाजिक सेवामा समर्पित रहने प्रतिबद्दता सहित आफ्नो कार्यकालको लागि बिभिन्न कार्ययोजनाहरु प्रस्तुते गर्नुभएको थियो ।