रोटर्‍याक बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल २१ असार । रोटर्‍याक क्लव अफ बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । क्लवका नवनिर्वाचित अध्यक्ष प्रवीण पाण्डेको अध्यक्षतामा क्लवको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो ।

रोटरी अन्तराष्ट्रिय विद्यान बमोजीम १ व्यक्ति १ कार्यकाल अनुसार पाण्डे आगामी रोटरी बर्ष २०२१र२२ को लागी क्लवको अध्यक्षमा निर्वाचित भएका थिए । हरेक बर्षको जुलाई १ तारिखबाट नवनिर्वाचित बोर्डको कार्यकाल सुरुवात हुने रोटरी अन्तराष्ट्रियको विद्यान अनुसार उनको अध्यक्षतामा क्लको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो । क्लवका सस्थापक अध्यक्ष सुमन बस्याल, पुर्व अध्यक्ष धन्नजय बर्नवाल, राहुल कसौधनअतिथि मा निवर्तमान अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थितीमा बसेको बैठकले क्लवले आगामी बर्ष भरी गर्ने कार्यक्रमहरुको बारेमा छलफल भएको क्लवका जन(सम्पर्क अधिकृत प्रेम प्रकाश श्रेष्ठले जानकारी दिए । बैठकले आगामी बर्ष गर्ने कार्यक्रम र कोषाध्यक्षले प्रस्तुत गरेको प्रस्तावीत आम्दानी तथा खर्च शिर्षकको सन्र्दभमा समेत छलफल गरेको थियो ।

क्लवका सचिव बिनीत कसौधनको संचालनमा बैठक सम्पन्न भएका थियो ।रोटरी क्लवको युथ प्रोजेक्टको रुपमा रहेको रोट्याक्ट कलव बुटवल सेन्ट्रलले बुटवल लगायतका आसपासका क्षेत्रमा रहेर विभिन्न समाजीक कार्य गर्दै आएको छ । क्लवले बुटवलमा संचालीत गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बिरामीहरुको लागी निशुल्क ए।सी बसको सेवा समेत संचालन गर्दै आएको छ ।