आखिर ‘म’ बिशेष आमा

प्रकाशित मिति:

सन्दर्भ : अन्तर्राष्ट्रिय अपांगता दिवस

– कविता शर्मा

आज हामीले अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइरहँदा गर्वका साथ भन्न सक्नुपर्‍यो, ‘म विशेष हुँ। त्यसकारण मेरो परिवार विशेष छ।’ हेय भाव राख्नेहरूप्रति टिठ लाग्छ, तर गुनासो छैन।

‘नसक्नेलाई सक्नेले सहयोग गर्नुपर्छ। कसैमा पनि तिमी नसक्ने छौ वा कमजोर छौ भन्ने भावनाको विकास हुन दिनु हुँदैन,’ हजुरबुबा भन्ने गर्नुहुन्थ्यो। यो गहन कथन नै हामीलाई सानैदेखि निडर र आत्मविश्वासी बन्न सहयोगी रह्यो। एउटी आमामा मेरो बच्चा यस्तो होस्, उस्तो होस् भन्ने चाहना हुनु स्वाभाविक हो। आफ्ना सन्तान काविल व्यक्ति (डाक्टर, इन्जिनियर, पाइलट, प्रशासकलगायत), असल व्यक्ति बनोस् भन्ने चाहना सबैमा हुन्छ। म पनि त्यही पंक्तिको आमा हुँ। मैले बच्चाको बारेमा राम्रो सोच्नु स्वाभाविक हो। सन्तान सुखजस्तो सुन्दर पक्ष अर्को के होला र र ?

म पनि सात वर्षअगाडि आमा बन्दा घरपरिवारमा खुसीको सीमा थिएन। परिवारमा नयाँ सदस्यका रूपमा छोराको आगमनसँगै सासु–ससुरा, पति र मलाई जिम्मेवारी थपिएको महसुस भयो। माइतीमा बाबा–आमा, भाइ–दिदी पनि दंग थिए। भाइहरू मामा, दिदीहरू ठूलीआमा, बहिनी सानिमा बनेकोमा औसतभन्दा बढी नै खुसी थिए। परिवार र आफन्तजनमा एउटा उत्सव झैं नयाँ उमंग थियो।

परम्पराअनुसार बच्चा जन्मेपछि गर्नुपर्ने कर्म र पाठपूजा ससुरा बाबाटै भयो। छोरा जन्मेको ६६ औं दिनमा श्रीमान् उच्च शिक्षाका लागि बिदेसिनुभयो। श्रीमान्को अनुपस्थितिमा मेरो दैनिकी बाबुसँगै बढी रम्दै गयो। बाबु ठूलो हुँदै गयो। विडम्बना, समयअनुसार स्वभाव र शारीरिक विकासमा आउनुपर्ने परिवर्तन मेरो बच्चामा देखिएन। नौ महिनाको हुँदा सामान्यतया उभिनुपर्ने हो। तर ऊ उभिन सक्दैनथ्यो। केही कारणले ढिलो भयो होला भनेर थप समय प्रतीक्षा गरियो। त्यसबीचमा उसको हेराइ, बोलाइ र अन्य प्रतिक्रिया राम्रो भए पनि शारीरिक विकास नभएपछि एघारौं महिनामा धुलिखेल अस्पताल पुगे। चिकित्सक नारायणनले उसको परीक्षणपछि भन्नुभयो, ‘यो बालक कहिल्यै पनि शतप्रतिशत हुन सक्दैन। यो सीपी हो। यस्तो केसका बालबालिकाको बौद्धिक र शारीरिक दुवै विकास राम्रो हुँदैन।’

चिकित्सकको जवाफले म छाँगाबाट खसेजस्तै भएँ। विनाप्रतिक्रिया बच्चा च्यापेर अस्पतालबाट बाहिरिएँ। मनमा अनेक कुरा खेल्न थाले। साँच्चै मेरो बच्चा त्यस्तै होला त रु अब उसको बुबाको प्रतिक्रिया कस्तो होला रु मनमा यस्तै–यस्तै कुरा खेलिरहे। अनिँदो हुँदै रहन थाले। बच्चालाई कतै एकछिन आफूविना छोड्न मनले मानेन। अनि फेरि सोचें– के हो त चिकित्सकको शतप्रतिशत भनेको रु अब मैले मेरो बच्चालाई सय प्रतिशत होइन, पाँच सय प्रतिशत बनाउँछु भन्ने प्रतिज्ञा गरें। मसँग अर्को विकल्प थिए। दिन बित्दै गए। बच्चाको फिजियोथेरापी सुरु गरें।

अपांगतालाई पूर्वजन्मको पाप वा अन्य परिभाषा दिने समाजका कारण मैले धेरै तनाव झेलें। न त अपांगता भएका व्यक्तिको अपमान गर्नेसँग तँ तँ र म म गर्न मिल्ने १ न सम्झाउनै सकिने। मेरो बच्चा सात वर्षको हँदै गर्दा मैले सात सयभन्दा धेरैपटक ‘तँ अपांगता भएको बच्चाकी आमा होस्, त्यसकारण तैंले अपमान सहनुपर्छ’ भन्ने खालको व्यवहार यही काठमाडौं खाल्टो र आसपासमा भोगेकी छु। एक दिन म एयरपोर्ट जाँदै थिएँ, मसँग एउटा सामान्य ब्याग र बच्चा थियो। मलाई एयरपोर्ट अगाडि झर्नुपर्ने। गाडीवालालाई भनेकी थिएँ, ‘एयरपोर्ट अगाडि म झर्नुपर्ने छ है ’

ती सबै आमा विशेष आमा हुनुहुन्छ, बाबाहरू महान् जसले आफ्ना सन्ततिका लागि विशेष ध्यान दिनुभएको छ। आज हामीले अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइरहँदा गर्वका साथ भन्न सक्नुपर्‍यो, ‘म विशेष हुँ। त्यसकारण मेरो परिवार विशेष छ।’ हेय भाव राख्नेहरूप्रति टिठ लाग्छ, तर गुनासो छैन।

सोहीअनुसार भाडा पनि तिरें। एयरपोर्ट अगाडि गाडी केही विस्तारै गर्‍यो, फटाफट झर्न सक्ने झरे। म गाडीवालालाई रोक्न भन्दै थिएँ, तर मानेन। गाडी लगेर तिलगंगा अगाडि रोक्यो। मैले एयरपोर्टमै ओर्लनुपर्ने मान्छे किन गाडी कुदाइहालेको भन्दा उल्टै गाडीवालाले जवाफ दियो– फटाफट ओर्लनुपर्‍यो नि ! ‘यस्ता अपांग लिएर हिँड्नेले त आफ्नै गाडी चढ्नुपर्छ कि ट्याक्सीमा आउनुपर्छ’, गाडीका सहचालकको जवाफ थियो। मैले विनाप्रतिक्रिया गाडी नम्बर हेरेर ट्राफिकलाई फोन गरें। कारबाही भयो, भएन थाहा छैन। यस्ता घटना त मेरो लागि नौलो नै लाग्दैन। आजभोलि म मेरो बच्चाको कारणले चिनिन पाएकी छु।

अर्को त्यस्तै घटना छ अस्पतालको। घरनजिक र आफन्त पनि कार्यरत रहेकाले म अहिले केही हुनेबित्तिकै धुलिखेल अस्पताल जान्छु। घरपायक, राम्रो र हामीजस्तो न्यून आय भएकाहरूले सहजै उपचार पाउने अस्पताल निर्माण गर्ने डा। रामकण्ठ मकाजुलाई सलाम गर्नुपर्छ। केही समयअघि मेरो बच्चालाई ज्वरो आयो। त्यही अस्पताल लगें। चिकित्सकले भर्ना गर्नुपर्छ भने। भर्ना गरियो। ज्वरो र जन्डिसको उपचार भइरहेको थियो। बिहान नौ बज्नै लागेको बेला बच्चाको वार्डमा राउन्डमा बिरामी चेक गर्न प्रोफसर चिकित्सक त्यो पनि बच्चाको। उहाँका पछाडि इन्टर्न डाक्टर र अन्य गरी करिब २० जना जति हुँदा हुन्। उहाँले दायाँतिरको पहिलो बेडमा रहेको मेरो बच्चाको कार्ड हेर्नुभयो, जसमा उसको फिजोयोथेरापीको रिपोर्ट र दैनिक क्रियाकलापबारे लेखिएको थियो। उहाँले भन्नुभयो, ‘तपाईंको यो बच्चा सय प्रतिशत हुन सक्दैन, हिँड्न सक्दैन।’ फेरि सोध्नुभयो– तपाईंको अर्को बच्चा छ कि छैन रु ‘छैन। एउटा मात्र हो’, मैले जवाफ दिएँ। यो सुन्नासाथ उहाँबाट गजबको सुझाव आयो, ‘तपाईंले अर्को बच्चा पाइहाल्नुस्, यो बच्चा राम्रो हुँदैन।’ यो कुरा मेरा ससुरा बाले सुनेको भए त्यहीं नै हंगामा हुन सक्थ्यो। किनकि यो सन्तानप्रति हाम्रो परिवारका प्रत्येक सदस्यमा असाध्यै माया छ। आफूले यति माया गरेर हुर्काइरहेको सन्तानलाई कसैले होच्याएको सहन हामीलाई निकै गाह्रो हुन्छ। धन्य, उहाँले सुन्नुभएन।

मैले भनें, ‘डाक्टर साब, हाललाई बच्चा पाउने कुनै योजना छैन, यही बाबुलाई राम्रो गर्नु छ। अनि यस विषयमा तपाईंले मलाई भन्नुपर्दैन।’ त्यति बेला मभित्र रिसको कुनै सीमा थिएन। तर के गर्नु यो समाजले त्यही व्यक्तिलाई बुद्धिजीवीको बिल्ला भिराइदिएको छ। उनीहरूको सोच देखेर दया लाग्छ आजभोलि। कसरी अपांगता भएका व्यक्तिलाई राम्रो गर्न सकिन्छ भन्ने सोचाइ राख्नु त कता हो कता, उल्टै अपमान गर्नेलाई कसरी बौद्धिक र ठूलो मान्छे भन्नु ! समस्या धेरै ठाउँमा आउँछ, तर हाम्रो सामाजिक सोच परिवर्तन नभएसम्म हामीलाई समस्याले पछ्याउन छाड्दैन। मलाई त चोकचोकमा बसेर चिच्याएर वा माइकिङ गरेर सबैलाई सुनाउन मन छ– हो ! म अपांगता भएको बच्चाकी आमा हुँ। मेरो बच्चा आफैं हिँड्न सक्दैन, उसलाई सहाराको खाँचो छ। म मेरो बच्चाकै कारणले सबैको नजरमा परेकी छु। म यो संसारकी भाग्यमानी आमा हुँ, जसको बच्चा ‘विशेष’ छ। ‘विशेष’ भएकै कारण सबैको नजर छ। म एउटी आमाको नाताले उसलाई जति सेवा, सुविधा र स्याहार दिनुपर्ने हो त्यो दिन सकेको छैन। तर पनि आमा हुँ, जे सक्छु त्यो गर्न प्रयास गरेकी छु।

मैले आफूलाई भाग्यमानी ठानेकी छु। मलाई भगवान् छन् कि छैनन् थाहा छैन। छ भने मलाई यो संसारको विशेष आमाको दर्जामा राखेर मेरो बाबु प्रतीकलाई जन्म दिनुभएको छ, यसका लागि उहाँलाई धन्यवाद। कुल जनसंख्याको १० प्रतिशत अपांगता भएका व्यक्ति छन् भनिएको छ। ती सबै आमा विशेष आमा हुनुहुन्छ, बाबाहरू महान् जसले आफ्ना सन्ततिका लागि विशेष ध्यान दिनुभएको छ। आज हामीले अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइरहँदा गर्वका साथ भन्न सक्नुपर्‍यो, ‘म विशेष हुँ। त्यसकारण मेरो परिवार विशेष छ।’ हेय भाव राख्नेहरूप्रति टिठ लाग्छ, तर गुनासो छैन।

(अन्नपुर्ण दैनिकबाट)