एमाले कार्यदलको बैठक सकियो, भोलि फेरि बस्ने

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको एकताका लागि काम गर्न बनेको १० सदस्यीय कार्यदललाई पुनःसक्रिय बनाइएको हो ।

बैठक मंगलबार (भोलि) पुनः बस्ने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । उनले आजको बैठक सकारात्मक रहेको पनि बताए । पार्टी भित्रको विवादको समाधान खोज्न फेरि छलफल थालिएको उनको भनाइ छ ।उनले बैठकमा अनौपचारिक रूपमा भएका विषयहरुको बिफ्रिङ गरेको पनि जानकारी दिए ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल पक्षबाट कार्यदलका संयोजकसमेत रहेका भीम रावलले आइतबार रातिमात्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । स्रोतका अनुसार उनले कार्यदललाई पुनः सक्रिय बनाउन प्रस्ताव गरेका थिए । ओली र नेता नेपालको सहमतिमा नै कार्यदललाई सक्रिय बनाइएको हो ।