निश्चित बनाउने प्रयासमा अनिश्चित जीवन

प्रकाशित मिति:

जन्मे देखि मृत्यु सम्म सन्स्कारमा बाधिनु पर्ने बाधिएको छ,
अनिश्चिता भित्र निश्चितता खोज्दै,
असलता र सफलता प्राप्त गर्न भन्दै
एक किसिमको भुलभुलैयामा फसेको छ।

के कसो गर्दा उत्तम होला भन्दा भन्दै ,
जिवनका महत्त्वपूर्ण समय गुजार्दै गएको छ ,
दायाँबायाँ हेर्छ , अर्का दमालिको जीवन बुझ्छ ,
छटपटिमा पनि सक्दो हासो ल्याएको छ ।

अध्यनको सिमाको कुरो देख्छ त कतै अनुभवको,
निन्द्रामा सपनाहरू जगाएको छ ,
कहिले तिर्थस्थल धाएको छ त कहिले ज्योतिष कहाँ,
समयमा गर्नुपर्ने निर्णयको पिडा छाएको छ ।

आफै भित्रको कला अल्पमतमा परेको छ ,
बहुगुणिको गुण धरापमा परेको छ ,
अनिश्चित जिन्दगीमा निश्चितता खोज्दै ,
जिन्दगी सकेजति रङाउने प्रयासमा छ ।

त्यागको पाठ , साधना पाठ सिकेको छ ,
धर्म दर्शन बुझेको छ , समग्रको जीवन देखेको छ ,
सृष्टि र ब्रह्माण्डको कथा सिकेको छ ,
तर पनि अशान्तिमा शान्ति खोजिरहेको छ ।

सोचे जस्तो जीवन र कस्को होला र भन्दै ,
असफलतामा सफलता खोजिरहेको छ ,
अयोग्यतामा योग्यता थपिरहेको छ ,
अँध्यारो छिचोल्दै , उज्यालो तानिरहेको छ ।

दिन महिना बर्ष गन्दै , क्यालेन्डर रङाउदैछ ,
एकातिर घटेको देख्छ , कतै बढिरहेको देख्छ ,
जिन्दगीको परिवर्तन अझैसम्म बुझिरहेकै छ ,
जिन्दगी कति लामो रहेछ जिवनभर सिकिरहेकै छ ।

अस्तु :
सागर पाण्डेय
काठमाडौं ,