भन्सार छलेर ल्याइएको साढे तीन लाखको सामग्री बरामद

प्रकाशित मिति:

रूपन्देही प्रहरीले भन्सार छलेका विभिन्न प्रकारका सामग्री बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगावा, इलाका प्रहरी कार्यालय बेलहिया र वडा प्रहरी कार्यालय रूपन्देहीको टोलीले भन्सार छलेका सामानहरू सोमबार बरामद गरको हो।भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन लाख ४९ हजार रूपैयाँ बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

बरामद भएका सामग्रीमा चिनी, गहुँ, चामल, रेडबुल, नुन, मैदा, लत्ताकपडालगायत छन्। बरामद सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।