आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

प्रकाशित मिति:

काठमाडौं । कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ ।भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने उनले बताए ।

थप समाचार