बजेट पारित भएपछि गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पाउने

प्रकाशित मिति:

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्। मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले यही अन्तिम साता सदन बोलाएर बजेटमाथि छलफल सकेपछि मन्त्रीमण्डललाई पूर्णता दिने बताए।आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि असार १ गते मुख्यमन्त्री पोखरेलले सदनमा ३० अर्ब तीन करोडको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट उपर अझै छ्लफल भएको छैन।उनका अनुसार उक्त बजेटमाथिको यही हप्ता सदन बोलाएर छलफल चलाउने तयारी छ। त्यसलगत्तै मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री पोखरेलले बताए।

‘यहि हप्ताको अन्तिमबाट सदन शुरु हुन्छ हामीले त्यसपछि बजेटमाथि छलफल थाल्छौँ’, उनले भने, ‘असार मसान्तमा बजेट पारित भएपछि मन्त्रिपरिषद् पनि विस्तार हुन्छ।’बजेटमाथि छलफल अगाडि बढाउन २५ असारमा सदन बोलाउने सरकारको तयारी छ। २९ जेठमा बनेको पोखरेल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाएको छैन। दलहरूबीच भएको विवादले सरकार गठन भएको तीन साता बितिसक्दा पनि मुख्यमन्त्रीसहित चार जनामात्रै क्याबिनेटमा छन्। यद्यपि गठबन्धन सरकारसँग आफूहरु मिलेर जाने मुख्यमन्त्रीको भनाइ छ।१६ करोड हैन केही करोड रकमान्तर गरेका हौँ स् प्रवक्ता खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले रकमान्तरका विषयमा आफूहरुले अघिल्लो सरकारबाट सिकेको बताएका छन्। सरकारले १६ करोड नभई केही करोड रुपैयाँ रकमान्तर गरेको उनको भनाइ छ।‘किसुनजीले गर्नुभारैछ, प्रचण्ड र ओलीले गर्नुभारैछ’, हाम्ले सिकेको त्यही बाट हो’, प्रवक्ता खड्काले भने, ‘सबैले गर्न हुने अनि कृष्ण चन्द्रको सरकारले गर्न नपाउनेरु’असारमा आएको सरकारले असारमै विकासको बजेट निकाल्ने उनको प्रतिक्रिया छ। तर, रकमान्तर भएको बजेटमध्ये १० प्रतिशत पनि प्रयोग नहुने उनले जानकारी दिएका छन्। बाँकी रकम फ्रिज हुने उनले बताए।