सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यु

प्रकाशित मिति:

चितवन – चितवनमा कर्फ्यु आदेश जारी गरिएको छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भोलि बुधवार बेलुकी साढै सात बजेसम्म कर्फ्यु आदेश गरिएको हो ।

यस अवधिमा लामो दुरीका गाडीबाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएको छ ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेर प्रदर्शन गर्दै आइरहेका थिए ।