निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति:

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि एकपक्षीय रुपमा गठित निर्वाचनसमितिप्रति समावेशी समूहले गम्भीर असहमति प्रकट गरेको छ । उक्त समूहले मंगलबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेको छ ।निर्वाचन समितिका प्रमुख महेन्द्र कँडेलले आफ्नै प्रतिबद्धताको अवज्ञा गर्दै विवादास्पद व्यक्तिहरुलाई समेटेर निर्वाचन समितिलाई पूर्णता दिएको समावेशी समूहले आरोप लगाएको छ ।

३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले निर्वाचन समिति प्रमुख कँडेलले समितिमा गरेको मनोनयनबाट निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका व्यक्त गरे ।निर्वाचन प्रक्रिया शुरु हुनु भन्दा केही दिन अघि मात्रै समिति प्रमुख कँडेलले एकपक्षीय र एकलौटी रुपमानिर्वाचन समितिलाई पूर्णता दिएको गाहा मगरले बताए । ‘यो समिति हेर्दा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका छ’ उनले भने, ‘समाजमा स्वच्छ छबि भएका र सामाजिक व्यक्तिहरुलाई समेटेर निर्वाचन समिति बनाउनुपर्नेमा कुनै राजनीतिक दल र कुनै समूहका समर्थकलाई समेटेर निर्वाचन समिति बनाइएको छ ।’ विगतका गलत क्रियाकलापका कारण बेलायतको नेपाली समाज अझै एकजुट हुन नसकिरहेका बेला फेरिदेखिएको यस्ता क्रियाकलापले समाजलाई थप भाँड्ने र विभाजित गर्ने बेलायतस्थित नेपाली समाजकाअगुवाहरुको ठहर छ ।

निर्वाचन समिति गठनमा भएको चलखेल र जालसाझी सार्वजनिक गर्न मंगलबार साँझ साढे सात बजे समावेशी समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनलाई समावेशी समूहको तर्फबाटबेलायतस्थित नेपाली समाजका एकजना अगुवा तथा एनआरएनए युकेका पूर्व उपाध्यक्ष शेर बहादुर सुनारलेसम्बोधन गर्ने छन् ।जुममार्फत हुने भर्चुअल पत्रकार सम्मेलनमा सहभागी भई सत्य तथ्य समाचार सार्वजनिक गर्न समावेशी समूहले सबै सञ्चारकर्र्मीलाई अनुरोध गरेको छ ।