आजदेखि केही दिन देशभर भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं– मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। बुधबारदेखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।काठमाडौँ उपत्यकामा अहिले आंशिक रुपमा बदली छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ।

प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशका अधिकाश भूभागमा बदली रहनुका साथै मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।आजदेखि देशभर पुनः भारी वर्षाको सम्भावना रहेकोले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। साथै, पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुपूर्व समन्वय गर्नसमेत महाशाखाले आग्रह गरेको छ।