आईसीईएफ नेपालको संयोजनमा पच्चिस परिवारलाई खाधान्य बितरण

प्रकाशित मिति:

काठमाण्डौ । अन्तराष्ट्रिय सांस्कृतिक तथा शैक्षिक संघ नेपालले दूई दर्जन बढी कोभिडका कारण समस्यामा परेका परिवारलाई खाधान्य सहयोग गरेको छ । मङलबार पीस एम्बसी भवनमा आयोजित राहत बितरण कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले ती परिवारलाई खाधान्य हस्तान्तरण गरेका हुन । कोभिड महामारीको बीचमा समस्यमा परेका परिवारलाई सहयोग गर्न भन्दै चुजी फाउन्डेसनबाट प्राप्त खाधान्य सामग्री बितरण गरिएको हो ।

जसमा २५ केजी चामल आटा दाल, चिनि लगायत एउटा परिवारलाई एक महिना पुग्ने खाधान्य समाबेस गरिएको छ । सो अवसरमा काठमाण्डौ, भक्तपुर, ललितपुर क्षेत्रका समस्यामा परेका ब्यक्ति तथा परिवारलाई सहयोग गरेको हो । खाधान्य बितरण गदै पूर्वमन्त्री ढकालले यो संकटको समयमा प्राप्त सहयोगलाई प्रेम र सदभावको उपहारको रुपमा लिनुपर्ने कुरामा जोड दिए । सो खाधान्न सहयोग जुटाउन सामाजिक अभियान्ता पियारत्न महर्जनको भूमिका रहेको थियो ।