जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट

प्रकाशित मिति:

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो ।कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो । यस आईपीओमा २० लाख ८७ हजार ३१७ जनाको आवेदन परेको थियो । कुल आवेदनकमभ्य ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू। १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ ।

कम्पनीको जारी पूँजी रू। ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो । २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू। ४१ करोड ६ लाख ७० हजार रहेको छ ।आईपीओ पश्चात यो पूँजी रू। ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू। ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू। १०४ दशमलव ९७ रहेको छ ।नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू। ३०५ दशमलव २७ देखि रू। ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।