सेनाको हेलिकप्टरद्वारा राहत सामग्री ढुवानी

प्रकाशित मिति:

काठमाडौं । नेपाली सेनाले हेलिकप्टरद्वारा अषढ १ गते गएको बाढीका कारण सडक तथा पुलहरु क्षति भई पुर्णरुपमा सडक सञ्जाल बिच्छेद भएका विभिन्न स्थानहरुमा राहत सामग्री ढुवानी गरेको जनाएको छ ।

अषढ २१ गते सेनाले सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकाका बिकट इलाकाहरुमा राहत ढुवानी तथा बितरण गरेको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएका राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त स्थानहरुमा ढुवानी गरेको नेपाली सेनाले जनाएको छ ।

उक्त राहत सामग्री जिल्ला बिपद् व्यवस्थापन समितिद्वारा स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको छ । सेनाले पाँचपोखरी थाङ्गपाल गाँउपालिका वडा नं।३, सुनचौरमा ५२ बण्डल जस्ता पाता ढुवानी गरेको जनाएको छ । यस्तै मेलम्ची घ्याङ्गमा २८०० केजी खाद्यान्न र ३५० जेनेरेटर ईन्धन लिटर डिजेल ढुवानी गरेको सेनाले जनाएको छ ।यसैगरी तेम्बाथान १६०० के।जी खाद्यान्न लगायत औषधी तथा मेडिकल सामान लगाएतका राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी तथा बितरण गरेको जनाएको छ ।