रातो खुर्सानीले बढाउन्छ यौन क्षमता , जान्नुहोस् ?

प्रकाशित मिति:

सामान्यतया व्यञ्जनलाई चखिलो र स्वादिष्ट बनाउ रातो खुर्सानीको उपयोग गरिन्छ ।दैनिक रुपमा हामीले प्रयोग गर्दै आइरहेको खुर्सानीको फाइदाको विषयमा तपाई हामी बेखबर हुन सक्छौं ।तर पनि निरन्तर प्रयोग गरिरहेका छौं । अझ यसलाई तरिका मिलाएर प्रयोग गरेमा झन बढी लाभदायी हुने अनुसन्धानकर्ताको भनाइ छ ।

खुर्सानीमा भने अनेक फाइदाहरु हुने अनुसन्धानकर्ताले जनाएका छन् । उनीहरले लामो परिक्षण पछि सुर्खानीको अनेक फाइदाका विषयमा विभिन्न तथ्यहरु फेला पारेका हुन् । खुर्सानी भिटामिन सी को ठूलो स्रोत मात्र नभई यसमा पाइने यौगिट क्यान्सर र आर्थराइटिस (जोर्नीमा दुआई वा गठिया) जस्तो रोगको रोकथाममा समेत प्रभावकारी हुन्छ ।

ब्रिटिस न्युट्रिसन फाउन्डेसनका बिग्रेट बेनेलमका अनुसार सुन्तला वा अन्य रसिलो फल (साइट्रस) को दाँजोमा रोतो खुर्सानीमा भिटामिन सी तीन गुणा बढी मात्रामा पाइन्छ । यसबाहेका यसमा वनस्पति रसायन लाइकोपिन, बिटा क्यारोटिन र जिजेन्थिनजास्ता पिगमेन्टसमेत पाइन्छ । यसमा फोलिक एसिड, पोटासियम र फलाम पनि प्रसस्थ मात्रामा हुन्छ । रातो खुर्सानीमा प्रशस्त मात्रामा रहेको बिटा क्यारोटिन र लाइकोपिन नाम गरेको रसायनले क्यान्सर रोकथाम गर्न सहयोगी हुन्छ ।

बेलायती अनुसन्धानकर्ताहरुले प्रशस्त मात्रामा लाइकोपिन भएको भोजन गर्ने २१ व्यक्तिमा गरेको अध्ययनबाट खुर्सानीमा पाइने अनेक फाइदाको विषयमा नयाँ तथ्यहरु फेला पारेका हुन् । रातो खुर्सानी खाने व्यक्तिहरुमा प्रोस्टेट क्यान्सरको खतरा ११ देखि १९ प्रतिशतसम्म कम पाइएको थियो।

म्यानचेस्टरका अनुसन्धाताका अनुसार रातो खुर्सानीमा पाइने भिटामीन सी तथा बिटा क्रिप्टोजेथिन बिटा क्यारोटिन नाम गरेको एन्टिआचक्सिडेन्ट गठियाको रोकथाममा सहयोगी हुन्छ । आर्थराइटिस पीडित व्यक्तिले यी यौगिक लिएपछि उनीहअरुको रोगमा ४० प्रतिशतसम्म कमी देखियो । सरे विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मोर्गरेट रेमनका अनुसार रातो खुर्सानीमा प्रचुर मात्रामा बिटा क्यारेटिन हुन्छ । यही बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामिन ‘ए’मा परिवर्तित गर्छ । भिटामिन ‘ए’ प्रजननतन्त्रलाई बलियो बनानुको साथै सेक्स हर्मोन (टेस्टोस्टेरन र प्रोजेस्ट्रोन)को निर्माणमा सहयोगी हुन्छ । कोलेस्ट्रोललाई मुटु रोगको जरो मानिन्छ । रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कालेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ ।

यस बाहेक यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् । रातो खुर्सानीमा पाइने भिटामिन सी बाहेक रातो र पहेलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । अनुसन्धान अनुसार भेडे खुर्सानी खानेहरुमा बुढेसकालमा आँखाको क्षति हुने घटनामा कम हुने पाइएको छ ।तर सुर्खानीको फाइदा मात्र हेरेर हुँदैन ।

यसका धेरै वेफाइदा पनि छन् । चिकित्सकका अनुसार खुर्सानी धेरैमात्रामा खानु राम्रो मानिदैन । तर पनि नियमित ठिक मात्रमा खुसानी खानुपर्छ जसले प्रजनन तन्त्रलाई बलियो, सेक्स हर्मोन उत्पादन, क्यान्सर रोकथाम, अन्धोपना रोक्न, कालेस्ट्रोल मात्रा न्यून गर्न, खाना खान मन नलाग्ने अवस्था छ भने खानाको रुची बढाउने लगायत अनगिन्ति फाइदा रातो खुर्सानीको प्रयोगबाट हुने अनुसन्धानकर्ता हरुले जनाएका हुन् ।

internationalhealth