थपिए २९७९ कोभिड संक्रमित, २८ को मृत्यु

प्रकाशित मिति:

काठमाडौँः देशभर बुधबार २९७९ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । ७८३५ जनाको पीसीआर परीक्षण गर्दा २०७७ र ४०६३ एन्टीजेन्टको परीक्षण गर्दा ९०२ जना कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताए । मंगलबार २६३४ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २८ को मृत्यु भएको छ । हालसम्म ९२९१ को मृत्यु भइसकेको छ । १३३३ संक्रमणमुक्त भएका र देशभर हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन् । जसमा काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना रहेका छन् ।