रकम हिनामिनाको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको रहम हिनामिना गरेको आरोपमा कपिलवस्तुका एक प्रधानाध्यापकसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कपिलवस्तुको साविक भिल्मी गाविसस्थित सरस्वती आधारभूत विद्यालयका प्रअ दिनेशकुमार विश्वकर्मासहित ३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।विद्यालयकाा तत्कालीन विव्यस अध्यक्ष शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध पनि आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि आर्थिक वर्ष २०६८–०६९ देखि २०७२–७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा​ आएको अनुदान रकम हिनामिना गरेको अभियोग छ ।तीनजना मिलेर पहिलो आर्थिक वर्षमा ३ लाख ७१ हजार र दोस्रो आर्थिक वर्षमा २२ हजार हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।