पाल्पामा पहिरोले ६ घर बगायो : एकको मृत्यु, एक जना बेपत्ता

प्रकाशित मिति:

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउादेखोला नजिकै खसेको पहिरोमा उक्त पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।

हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।

 

दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ ।