गाई काटदै गरेको अवस्थामा तीनजना पक्राउ

प्रकाशित मिति:

चितवन, असार २४ : चितवनको कालिका नगरपालिका–१ सूर्यपुरस्थित सुन्दरबस्ती घोलमा गाई काटदै गरेको अबस्थामा तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय दुई किशोर रहेको प्रहरीले जनाएको छ। सोही बस्तीमा गाई काट्दै गरेको खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।