लुम्बिनी स्टार्सले बिभिन्न निर्णय गर्दै सम्पन्न गर्‍यो पहिलो बैठक

प्रकाशित मिति:

बुटवल – रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले पहिलो कार्यसमिती बैठक सम्पन्न गरेको छ । चार्टर प्रेसिडेन्ट बिमल ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी एबम निवर्तमान अध्यक्ष ढकालले मुक्तिराम भण्डारीको अध्यक्षतामा गठन भएको क्लबका सम्पूर्ण पदाधिकारी एबम सदस्यहरुलाई कार्यकुशलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले स्थापनाको छोटो समयमा बिभिन्न कार्यक्रम गरी जिल्लाकै एक गौरवमा रहेको क्लबलाई झनझन माथि उकास्न साथमासाथ र् हातमा हात मिलाई सबै लाग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा क्लबले छिट्टै गर्न लागेको इन्स्टलेसनको सन्धर्वमा पनि छलफल गरिएको थियो । त्यस्तै नयाँ पदाधिकारी चयन भएपछी गर्न पर्ने बिभिन्न कार्यहरुको समिक्षा समेत गरिएको थियो ।

त्यस्तै क्लबका एलेक्ट प्रेसिडेन्ट योगेन्द्र कंडेल , सचिब सुदिप न्यौपाने , कोषाध्यक्ष राजिभ जंग कुँवर , सह(सचिब सरोज पाण्डे , सह-कोषाध्यक्ष सम्राट सापकोटा ,क्लब सर्भिस डाइरेक्टर अमित थापा, इन्टरनेसनल सर्भिस डाइरेक्टर गौरव पाण्डे, कम्युनिटी सर्भिस डाइरेक्टर नवराज पन्थी ,प्रोफेसनल सर्भिस डाइरेक्टर मदन ज्ञवाली ,आइटी अफिसर सुजल पौडेल मेमबरशिप डाइरेक्टर अबिरल खनाल , स्पोर्ट चेयर पर्सन सभ्यता केसी ,सर्जन एट आम्स फर्स्ट जया भण्डारी, सर्जन एट आम्स अडिस ढकाल , फण्ड राइजिङ चेयर राजेश केसी , पब्लिक इमेज राजु पौडेल लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

क्लबका अध्यक्ष मुक्तीराम भण्डारीले क्लबले प्रत्यक्ष लाभ लिने गरि रोटरी संगसगै सहकार्य गरेर विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप अघि बढेको बताउनुभएको थियो । कार्यक्रम अध्यक्ष मुक्तीराम भण्डारीको अध्यक्षता एबम सचिब सुदिप न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।