५ विद्यार्थी संगठनद्धारा मुल्यद्धि फिर्ता गर्न आयल निगममा ज्ञापन पत्र पेश

प्रकाशित मिति:

काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यद्धि तत्काल फिर्ता गर्न ५ विद्यार्थी संगठनले नेपाल आयल ज्ञापन पत्र पेश गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराउन आज अषाढ २४ गते बिहिबार नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंमा संयुक्तरुपमा ज्ञापनपत्र बझाएका हुन् । ज्ञापन पत्र बुझाउनेमा नेपाल विद्यार्थी संघस् राजिब ढुंगाना, अखिल क्रान्तिकारीः रञ्जित तामाङ, अनेरास्ववियुस् सुरेश पराजुली, समाजवादी विधार्थी युनियनः रुपनारायण श्रेष्ठ , अखिल छैटौंः बिमल पोखरेल रहेका छन् ।

कोभिड कहरले आक्रान्त भएका जनताको चुलोचौको माथि ठाडो प्रहार गर्न पट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका हुन् ।उनीहरुले माग पुरा जगरे जनता मार्ने यस जनविरोधी निर्णयका विरुद्ध संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।उनीहरुले सरकारद्धारा नियन्त्रित नेपाल आयल निगमद्धारा पटकपटक गर्दै ०७८ आषाढ २२ गतेसम्म आइपुग्दा पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।कोरोना महामारी र लामो समयदेखिको बन्दाबन्दीको कारण आम उपभोक्ताको जन – जीवन अत्यन्तै कष्टकर बन्दै गएको अवस्थामा अत्यावश्यकीय उपयोग्य बस्तुमा मुल्यवृद्धि हुन् अत्यन्तै आपत्तिजनक विषय रहेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

निगम आफैले गरेको निर्णय समेतलाई लत्याएर स्वचालित मुल्य प्रणालीलाई उल्लङ्कन गर्दै मुल्य स्थिरिकरण । कोषची आवश्यक उपयोग गर्ने विधिको पर्वाह र पालना नगरी एकतफी ढंगवाट मुल्यवृद्धि गरिएको उनिरुको आरोप छ ।ज्ञापन पत्रमा भनिएको छस् जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पिडा र आरत दिने यो मुल्यवृद्धि घोर जनविरोधी र धातक रहेको छ । पेट्रोलियम पदार्थमा मुल्पवृद्धि हुनु भनेको सामान बुवानी र खर्चको वद्धि तथा सवारी आगगमनमा समेत मुल्यवृद्धि हुँदै अन्ततः सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्यवृद्धि हुन ।नागरिकको जीवन यापन सहज बनाउने आधारभुत कर्तव्यबाट च्यूत हुँदै पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यद्धि तत्काल फिर्ता गर्न र उल्लेखित विषयहरुमा गम्भीर ध्यानाकर्षण गराउन संयुक्त विद्यार्थी संगठनको तफबाट यो ज्ञापन पत्र पेश गरिएको जनाएका छन् । उनीहरुले ज्ञापन पत्रमा निम्नअनुसारका माग उल्लेख गरेका हुन्ःलकडाउनमा आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अनस्थागा पेट्रोलियम पदार्थको मूल्यबाद तत्काल बारेज गरियोस् ।

ठुलो नाफा आर्जन गरेको आयल निगगले अन्तराष्ट्रिय बजारमा मुल्य धेरै बढ्ने वित्तिकै त्यसैको बहानामा मुल्यवृद्ध गर्न पूर्णतः गलत हो । नाफा संत्रित गरी मूल्यवृद्धि उपभोक्ताको थप्लोमा हाल्ने प्रवृत्ति बन्द गरियोस ।पेट्रोलियम पदार्थमा धोपरिएको कर केवल जनता चस्ने नियत मात्र हो । के दैनिक उपभोग्य बस्तुमा यतिविघ्न कर लगाउनु न्यायोचित छ ,पेट्रोलियम पदाथमा विभिन्न शिर्षकमा असुल्दै आएको करको दायरा घटाई जनतालाई सहुलियत दरमा उपलब्ध गराइयोस् ।निगमद्वारा हाल लगाइएको भन्सार शुल्क , सडक मर्मत सम्भार कर , पूर्वाधार विकास कर प्रदुषण शुल्क , मुल्य स्थिरीकरण कोष , मुल्य अभिवृद्धि कर , संस्थागत आयकर लगायत विभिन्न शिर्षकमा उठाइएको रकमको औचित्यता , पारदर्शिता पुष्टि गरियोस् । खर्च हुन नसकेका अनुचित शिर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गरियोस्

मुल्य स्थिरीकरण कोषको सदुपयोग गरी महामारीको समयमा उपभोक्तालाइ सहुलियत दिने व्यवस्था गरियोस् ।निगममा व्यवस्थापकीय सुधार , कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस् र मुल्यवृद्धि नियन्त्रण गरियोस् विगतमा दुई रङ्खको ग्यास सिलिण्डर बनाई विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपि ग्यांस उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमविच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि वढाइयोस् जस्ता मागहरु रहेका छन् ।