हैटीका राष्ट्रपतिको हत्या आरोपमा चार व्यक्तिको गोली हानी हत्या

प्रकाशित मिति:

एजेन्सी । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या आरोपमा चार जना व्यक्तिको गोली हानेर हत्या गरिएको छ ।बीबीसीका अनसार राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको छ ।

हिजो बुधवार हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको थियो । उनकी श्रीमती गम्भीर घाइते छिन् । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको जनाइएको छ । राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गरिएको छ ।