अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

प्रकाशित मिति:

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा९पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । साना सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले दिनुभयो । ठूलो सवारी साधनहरु सञ्चालनमा आउन अझै केही घण्टा लागउने प्रहरीले बताएको छ । अहिले पहिरो पन्छाउने काम भइरहको छ ।