२४ घण्टामा १२ सय ८६ संक्रमित निको भए, नयाँ १८ सय ७५ थपिए

प्रकाशित मिति:

काठमाडौं-नेपालमा थप १८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ५ हजार ३७४ जनाको पिसिआर र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, एकैदिन २९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १२ सय ८६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।