दैनिक नुन कति खाने ?

प्रकाशित मिति:

काठमाडौं-अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ ।

त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरहेका हुन्छन् ।त्यसैले हामीले खानामा व्यापक परिवर्तन गर्नु जरूरी हुन्छ । हामीले खाने धेरैजसो तरकारीहरूमा आफैं सोडियम हुन्छ । त्यसमा नुन हालेर सोडियमको मात्रा बढाइरहनु आवश्यक छैन । पूरै अलिनो नै खाने सुझाव त होइन तर मधुरो मात्रामा नुन खाने सल्लाह चाहिँ सबै पोषणविद्ले दिन्छन् ।

हुन त सोडियम शरीरलाई नभई नहुने पदार्थ हो । यसले शरीरमा पानीलाई बाँधेर राख्छ अनि कोषिकाहरूबीचका तरल पदार्थलाई सन्तुलनमा राख्छ । यसले कोषिकाहरूको विद्युतीय गतिविधिलाई कायम राख्न पनि मद्दत गर्छ जसले गर्दा नसा, मांसपेशी र शरीरका अन्य अंगका गतिविधि सुसञ्चालन हुन्छन् ।तर यही सोडियम धेरै लिइयो भने रक्तचाप बढ्छ र मुटुलाई सबैतिर रगत पु(याउन अतिरिक्त मेहनत गर्नुपर्छ । उच्च रक्तचापले मुटुरोग, मृगौला रोग जस्ता जटिल बिमारीहरू निम्त्याउँछ ।बजारमा पाइने नुन समुद्रबाट निकालेर प्रशोधन गरिएको नुन हो । यो सेतो नुन त ुह्वाइट प्वाइजनु नै हो । यसको साटो सम्भव भएसम्म बीरे नुन खाने सललाह दिइन्छ ।