एमाले कार्यदल दिनभर छलफलमा, पार्टी विवाद आजै टुंगाउने कार्यदल सदस्यहरूको दाबी

प्रकाशित मिति:

र्टीभित्रको विवाद समाधान गर्न गठित नेकपा एमाले कार्यदलले सहमतिको खाकामा आजै सहमति गर्ने सदस्यहरूले दाबी गरेका छन् । कार्यदलको बैठक शुक्रवार दिउँसो पौने १ बजेदेखि सिंहदरबारमा बसिरहेको छ ।

कार्यदलमा संस्थापन पक्षका सदस्य शंकर पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको भन्दै आजै सहमति हुन सक्ने दाबी गरेका छन् । ‘सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौँ, सम्भवतः आजै हामी टुंगाउँछौं,’ पोखरेलले भने ।कार्यदलमा माधव नेपाल पक्षका सदस्य रघुजी पन्तले पनि कार्यदलले आजै विवादको टुंगो लगाउने दाबी गरे । ‘कार्यदल स्तरमा हामीले आजै विवाद समाधान गर्ने गरी छलफल गरिरहेका छौं, हाम्रो तहबाट आजै टुंगो लगाउने गरी छलफल भइरहेको छ,’ सदस्य पन्तले भने ।

कार्यदलका सदस्यहरूले बिहीवार नै सहमति गर्ने बताएका थिए । कार्यदलस्तरमा सहमति जुटेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसहित बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।बैठकमा संस्थापन पक्षबाट कार्यदलका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षबाट कार्यदलका संयोजक भीम रावल लगायत उपस्थित छन् । विवाद समाधानका लागि गत जेठ २ गते कार्यदल गठन गरिएको थियो ।