कांग्रेस महाधिवेशन : संस्थापनइतर समूहको संयुक्त बैठक सुरु

प्रकाशित मिति:

पार्टीको १४औँ महाधिवेशन नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सरगर्मी बढेको छ । निरन्तर जस्तै समूहगत छलफल तथा भेलाहरु भइरहेका छन् ।

यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा संस्थापनइतरका नेताहरुको बैठक सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नेताहरुको संयुक्त छलफल सुरु भएको हो ।संयुक्त बैठकको संयोजन भने नेता अर्जुननरसिंह केसीले गरेका बैठकमा सहभागी एक नेताले बताए । बैठकले संस्थापनविरुद्ध संयुक्त रणनीति तय गर्ने उनले बताए ।

संयुक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, डा। रामशरण महत, सुजाता कोइराला, डा। शेखर कोइराला, बलबहादुर केसी लगायतको सहभागिता रहेको छ ।