चौबीस घण्टामा २० जनाको मृत्यु, १,३१६ संक्रमणमुक्त

प्रकाशित मिति:

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधीबाट १ हजार ४७९ जना कोभिड संक्रमित पहिचान भएको छ । योसँगै नेपालमा आजसम्म कोभिड संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।

 

त्यस्तै पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १ हजार ३१६ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।