काठमाडौं । एमाले कार्यदलले ‘सहमतिको मस्यौदा’ माथि छलफल गरेको छ । विपक्षी एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य रघुजी पन्तकाअनुसार कार्यदलको आजको बैठकमा सहमतिको मस्यौदामाथि छलफल भएको हो । ‘मस्यौदामा हामीले छलफल गर्यौँ, हामीले लागेका सुझावहरु दिएका छौँ,’ सदस्य रघुजी पन्तले भनेका छन् ।
गत २१ गतेदेखि निरन्तर रुपमा बस्दै आएको कार्यदलले विवाद समाधानको सन्दर्भमा कुनै प्रगति गरेको छैन । यसअघि बिहीबार बसेको बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले भनेका थिए— ‘हामीले विगत १० दिनदेखि कुनै प्रगति नै गरेका छैनौँ ।’
नेताहरुले शीर्ष दुई नेता ९केपी शर्मा ओली र माधवकुमार नेपाल० लाई भेट्टाउनेबाहेक नयाँ काम केही गरेको छैन । निर्णायक भनिएको बिहीबार बैठकमा कार्यदलले एजेण्डामा प्रवेशसमेत गरेको थिए ।