यूरो कपको फाइनलमा इङ्ल्याण्ड र इटाली : कसले जित्ला उपाधि ?

प्रकाशित मिति:

काठमाडौं- १६औं संस्करणको यूरो कप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्याण्ड र इटालीले प्रतिस्पर्धा गर्ने भएका छन् ।पर्सि आइतबार राति १२:४५ बजे इङ्ल्याण्ड र इटाली यूरोपियन च्याम्पियन बन्ने दाउमा रहने छन् ।

फाइनल खेल लण्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।फाइनल खेलामा एकातिर इटाली दोस्रो पटक उपाधि जित्ने दौडमा हुनेछ भने इङ्ल्याण्ड पहिलो पटक उपाधि आफ्नो पक्ष्इामा पार्ने दाउमा हुनेछ ।यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको यूरो कपको उपाधि जितेको थियो ।

उसले युगोस्लाभियालाई फाइनलमा रोक्दै उपाधि जितेको थियो । सोही संस्करणमा इङ्ल्याण्ड तेस्रो स्थानमा सीमित बनेको थियो । इङ्ल्याण्ड दोस्रो पटक सन् १९९६ मा आफ्नै मैदानमा आयोजना भएको यूरो कपमा पनि तेस्रो स्थानमा सीमित बन्न पुगेको थियो ।सन् २०२० को संस्करणमा भने इङ्ल्याण्ड फाइनलमा पुगेको छ इङ्ल्याण्ड यूरो कपको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । सेमिफाइनलमा इङ्ल्याण्डले डेनमार्कलाई स्तब्ध बनाउँदा इटालीले तीन पटकको विजेता राष्ट्र स्पेनलाई रित्तो हात घर फर्कायो ।

075521042