सरापेले वबिता श्रेष्ठ लाई बेहुलि बनाउछु भने पछी गुल्मीको बिहेमा भयाे यस्तो अचम्म – भिडियाे सहित

प्रकाशित मिति:

झविन्द्र भण्डारी, बुटवल, मंसिर १७ । पुष्कर र अन्शुकाे बिहेमा सरापेकाे नाच लगनको महिनालाई लक्षित गर्दै गुल्मेली कलाकारहरुले गुल्मीकै बिभिन्न रमणिय ठाउँहरुमा छायाँकन गरिएको पञ्चेबाजा गीत बेहुला बेहुली बजारमा ल्याएका छन ।

हमाल म्युजीकको प्रस्तुतीमा पुष्कर पराजुली र अन्शु आचार्यको बिहेमा आधारित गुल्मी जिल्लाको अर्जैमा जन्मनु भएका कलाकार किसान चन्द्र गौतमको पञ्चेबाजा गीत बेहुला बेहुली बजारमा आएको हो ।

गुल्मी अर्जैका पुष्कर पराजुली र अन्शु आचार्यको बिहेका आधारित गीतमा हास्य कलाकार सरापेकाे निकै राम्रो अभिनय रहेको छ ।

लानु सिन्दुर सिउदोमा भरेर
कहिले माया नमर्ने गरेर
आउदा जन्ति लगनका बज्दा पञ्चे बाजा
हे तिमि बेहुला म बेहुली बन्ने दिन
कस्तो होला त्यो दिनको झिलिमिली साझ

बाेलकाे गीत पुष्पा पाण्डे पोखरेलको शब्द, जिबन गिरीको लय अनि देवि घर्ती, स्मृति शाही, जिबन गिरी र किसान चन्द्र गौतमको आबाजमा सजिएको छ । गीतको भिडिाये निकै आकर्षक बनेको छ ।

नेपाली हास्य क्षेत्रमा पछिल्लो समयमा आफ्नो बेग्लै पहिचान बनाएका हास्य कलाकार यादव देवकोटा सरापे र मोडल बविता श्रेष्ठको अभिनयले पनि गीत झनै राम्रो बनेको छ । हमाल म्युजीकको आधिकारीक युट्युव च्यानल मार्फत बजारमा आएको गतिको भिडियोमा निर्देशन कुमार केसी, सम्पादन सुजन शाही र छायाँकन महेश महराको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –