बसन्तले अमेरीकी फ्रेन्चाइजी लिग खेल्ने, हलिउड मास्टर्स ब्लास्टर्समा अनुबन्ध

प्रकाशित मिति:

नेपाली क्रिकेटर बसन्त रेग्मी अमेरीकामा एकपछि अर्को प्रतियोगितामा ब्यस्त बन्न थालेका छन । बसन्त पछिल्लो पटक अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको मिनोर लिग क्रिकेट खेल्ने पक्का भएको छ । अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगितामा बसन्त ड्राफ्टबाट हलिउड मास्टर्स ब्लास्टर्समा अनुबन्ध भएका छन ।

एक समय नेपाली क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका बसन्त रेग्मी यतिबेला अमेरीकामा रहेका छन । क्रिकेट प्रतियोगिता खेल्नका लागि केहि महिना अगाडी उनी अमेरीका पुगेका थिए । उनले नेपाली राइनोजबाट टु टेन क्रिकेट खेलेका थिए । जसमा उनी खेलेको टिमले उपाधि जितेको थियो । त्यसपछि बसन्तले डालासको स्थानीले लिगपनि खेलेका थिए । अघिल्लो सातामात्र क्यालिफोर्नियामा भएको एलए ओपनमा नेपाली राइनोज अलस्टारबाट खेल्दा क्वाटरफाइनलसम्म टिम पुगेको थियो ।अहिले बसन्तले अमेरीकी क्रिकेट संघले नै बृहत योजनाका साथ आयोजना गर्न लागेको मिनोर क्रिकेट लिगमा प्रवेश पाएका छन । यो प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाउनेछन । जसमा अहिलेसम्म विभिन्न क्षेत्रबाट गरेर १७ टिमले टिम तयार पारेका छन । त्यसमा बसन्तले खेल्ने हलिउड मास्टर्स ब्लास्टर्सले वेष्टर्न कन्फ्रेन्चबाट खेल्नेछ ।यो क्षेत्रमा ६ टिम रहेका छन । जसमा इष्टबे ब्लाजेर्स, गोल्डेन स्टेट, हलिउड मास्टर्स ब्लास्टर्स, सान डीएगो सर्फ राइडर्स, सिलिकन भ्याली स्ट्राइकर्स, सोकल लासिङ रहेका छन ।विभिन्न चार रिजनबाट छ ६ टिमलाई समावेश गरेर यो प्रतियोगिता गर्न लागिएको हो । अमेरीकी क्रिकेट संघले यो प्रतियोगिताका लागि विभिन्न निजी लगानीकर्तालाई पनि भित्र्याएको छ ।

संघले यो प्रतियोगिता अमेरीकामा क्रिकेट विकाशका लागि महत्वपुर्ण रोल खेल्ने आशा लिएको छ । यसका साथै यो प्रतियोगिताबाट अमेरीकी टी २० राष्ट्रिय टिमपनि तयार पारिने र त्यसका लागि यो राम्रो बाटो बन्ने संघले बताएको छ ।यो प्रतियोगितामा खेल्ने खेलाडीको प्रदर्शनलाई राष्ट्रिय टिमको छनौट कमिटीले नजिकबाट नियाल्ने बताइएको छ । अमेरीकी क्रिकेट संघले लामो योजनाका साथ यो प्रतियोगितालाई सुरु गर्न लागेको र क्रिकेटलाई अमेरीका भरि नै पुर्याउने उद्देश्यका साथ अहिले सुरुवात गरेको बताएको छ ।यो प्रतियोगिताको ड्राफ्टका लागि २४ सय भन्दा बढि खेलाडीले नाम दर्ता गरेका थिए । त्यसमा तीन सय ६ जना १७ वटा टिममा छनौट भएका छन । यो प्रतियोगिता जुलाईका अन्तिममा हुनेछ ।बसन्त सिंगापुरमा २०१९ मा भएको आइसीसी टी २० विश्वकपको एशिया छनौटपछि राष्ट्रिय टिममा पर्न सकेका छैनन् । यो विचमा उनले घरेलु प्रतियोगिता खेलेपछि सिनियर टिममा भने स्थान बनाउन सकेका थिएनन् । एक पटक विचमा बसन्तलाई क्याम्पमा बोलाएपनि ब्यक्तिगत कारणले उनी आउन सकेका थिएनन् । तर उनलाई फिटनेसको समस्या देखाउँदै टिमबाट हटाइएको बताइएको थियो ।बसन्त अमेरीका गएपछि नेपालमा लकडाउन हुँदा उतै बसेर क्रिकेट खेलिरहेका थिए । उनले अमेरीका गएको एक महिनामा फर्किने सो बेला बताएका थिए । तर अहिले फ्रेन्चाइजी लिग खेल्ने पक्का भएपछि उनको अमेरीका बसाई लम्बिने पक्का छ ।