पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो : गगन थापा

प्रकाशित मिति:

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले विशिष्ट व्यक्तिको उपचारमा राज्य कोषको दोहनको विरोध गरेकाछन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले विदेशमा गरिएको उपचारको रकम तिर्न नमिल्ने व्यवस्था भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेकाछन्, ‘ अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयोरु’

उनले यो सबै प्रधानमन्त्रीको ठाडो आदेशमा भइरहेको उल्लेख गरेकाछन् । ‘यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५ असोज २ देखि लागूभयो’ उनले भनेकाछन्, ‘कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन’ ।

उनले उपचार खर्च व्योहोर्ने काम गतल भएरै कार्यविधि बनाएर रोकिएको उनको भनाइ छ । ‘यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास ग¥यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।’ उनले भनेकाछन् ।