नेबिसंघले बितरण गर्यो राहत

प्रकाशित मिति:

लामो समयको लकडाउनको मारमा परेका बिद्यार्थीको पीडा झन बिकराल छ।एक त आर्थिक अबस्था कमजोर दोस्रो परिवार छोडी सुन्दर भबिस्यको सपना बोकेर हुम्ला,मुगु र डोल्पा देखी आइ स्याङ्जाको चापाकोटमा रहेको किसान प्राबिधिक तथा व्यावसायिक शिक्षालयमा अध्यन गर्ने बिद्यार्थी केही समयदेखि बेखर्ची हुँदा अध्यन सँगै कसरी गुजारा चलाउने भन्ने संकटमा परेका थिए। बिद्यार्थीको समस्या लिएर चापाकोट नगरपालिका पुगे उक्त प्राबिधिक शिक्षालय ने।बि संघका नेता दिपेश भण्डारी सन्तू बिद्यार्थीलाई लकडाउनले मारमा परेको र खाध्य सामाग्रीको अभाब भएको भन्दै बिद्यार्थी नेता भण्डारीले नगरप्रमुख शिव कुमार गिरी समक्ष गुनासो पोखे।

बिद्यार्थी समस्यामा परेको कुरा सुनेर चिन्तित बनेका नगरप्रमुख गिरीले किसान प्राबिधिक शिक्षालयका ने।बि संघ नेता दिपेश भण्डारीलाई आश्वस्त पार्दै भने,म पनि बिद्यार्थी काल देखि नै बिद्यार्थी राजनीतिमा होमिएको र बिद्यार्थीका पिडालाई गम्भीर रुपमा बुझ्ने भएकाले कोहि बिद्यार्थी खाध्य सामाग्रीको अभावमा चापाकोट नगरपालिकामा छटपटिनु नपर्ने भन्दै तत्काल राहत बितरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
फलस्वरूप शुक्रबार चापाकोट नगरपालिका कार्यपालिका सदस्य सुर्य माझिको सहजीकरणमा नगरपालिकाको आर्थिक सहयोगमा नेपाल बिद्यार्थी संघ किसान प्राबिधिक शिक्षालयले राहत सामाग्री बितरण गर्यो।

राहत बितरणका क्रममा बोल्दै ने।बि संघ नेता भण्डारीले भने,गरिब बिद्यार्थीले पढ्न पाउनु पर्छ,उज्ज्वल भबिस्यको सपना साकार गर्न पाउनु पर्छ त्यो नै हामी बिद्यार्थी बर्गको समाजबाद हो।आज यो कोरोना महामारीको विषम परिस्थितिमा हाम्रा बिद्यार्थी साथिहरुको पिडामा मलम लगाउने काम चापाकोट नगरपालिकाले गरेको छ।नगरपालिकाका प्रमुख शिव कुमार गिरीले गर्नु भएको छ।गास,बास र कपास मध्यको प्रमुख आधारभुत आबस्यकता गास,जो मानिसको जीवनमा प्राण भर्ने काम गर्छ ।

उक्त गासको प्रबन्ध गरेर बिद्यार्थीको समस्या समाधान गर्ने हाम्रो पालिका र पालिका प्रमुख शिव कुमार गिरी नै आजको समाजबादी नेता हो।म किसान प्राबिधिक शिक्षालयको ने।बि।संघ नेता भएको हैसियत र प्राबिधिक शिक्षालायका समग्र विद्यार्थीको प्रतिनिधित्व गर्दैनगरपालिकाका मेयर साप शिव कुमार गिरीलाई विशेष धन्यवाद प्रकट गर्दछु।उक्त कार्यक्रमको सहजीकरणका लागी महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने चापाकोट नगरका कार्यपालिकाका सदस्य सुर्य माझी लाई पनि बिद्यार्थी नेता भण्डारीले धन्यवाद प्रकट गरेका थिए। खाध्य राहत सामाग्री बितरणको क्रममा चामल,दाल,नुन र तेल बितरण गरिएको थियोे।