साउदीबाट तुल बाहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

प्रकाशित मिति:

केशब भट्टराई,पुनर्वास :-वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा रहनु भएका तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। ब्लड क्यान्सर पीडित १ जना, एकल महिला २ जना र अतिबिपन्न परिवार १ जना गरि ४ परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो । वैदेशिक रोजगारीको सिलसिलामा बाहिर हुदा आफ्नो गाउँठाउमा सानो भएपनी सहयोग गर्न पाउदा आफू निकै खुसी भएको तुल बहादुर खड्काले बताउनुभयो। उहाले आफू संगै काम गर्ने साथिहरु कबिन्द्र बिष्ट, गोबिन्द भण्डारी र हरि सिह धामी लगायतको सहयोगमा सानो भएपनी पुण्यको काम गरेको बताउनुभयो ।

ब्लड क्यान्सर पीडित खली खडकालाई नगद १५ हजार र बाकि ३ परिवारमा २५किलो चामल, ५ किलो आलु, २ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन संगै १-१ पिस साबुन र कोलगेट बितरण गरिएको स्थानीय उत्तम खडकाले जानकारी दिनुभयो । सहयोग सामग्री ग्रहण गर्दै एकल महिला दिलमाया सिहले सहयोगी मनप्रती धन्यवाद व्यक्त गर्नु भयो। उहाले आफू र दुइटी छोरीमात्रै भएकाले ज्यालादारी गरेर लालनपालन गरिरहेको बताउनुभयो। आखाभरी आँसु पार्दै उहाले कहिकतैबाट सिपमुलक तालिम आए आफुलाई सहभागी गराईदिन समेत आग्रह गर्नुभयो ।

यस्तै कविता पार्किले पनि कमाउने उमेरको कोहि नभएको भन्दै आफू र साना छोराछोरीको लालनपालन अर्काको काम गरेर गरिरहेको बताउनुभयो । उहाले काहिकतै रोजगारिको अवसर आए आफुलाई सहभागी गराउन समेत आग्रह गर्नुभयो। यता ब्लड क्यान्सर पीडित खली खड्काले बिगत ५ बर्ष देखि आफू बिरामी भएको बताउनुभयो । उहाले उपचार गराउदा गराउदै आफुसंग भएको सबै पैसा सकिसकेकोले सहयोगका लागि अपिल समेत गर्नु भएको छ। उहाँले सहयोगि मनलाई धन्यवाद व्यक्त गर्दै समाजसेवाको काममा सदैब लागि राख्न समेत बताउनुभयो।