नेपालमा थप २ हजार १६९ जनामा कोभिड-१९ संक्रमण, २२ को मृत्यु

प्रकाशित मिति:

काठमाडौँ-नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ३० पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ८१६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । त्यस्तै कोभिड-१९ का कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ४ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १८ हजार ३६१ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ४८९ जना सक्रिय संक्रमित आइशोलेशन र ३०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ९ हजार ९ सय ४० पिसिआर परिक्षण र २ लाख ३१ हजार ९४ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।