शशांक भन्छन् : निधिले देउवालाई छोडिसक्नु भयो, सभापतिमा म निधि, प्रकाशमान मध्ये एक जना लड्ने हो
काठमाडौं । पूर्व संस्थापनका नेताहरुले एकै ठाउँमा उभिएर सभापति शेरबहादुर देउवालाई हराउने सहमति गरेको भोलिपल्टै कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले देउवा पक्षका विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक उठ्ने बताएका छन् । महामन्त्री शशांकले निधिले देउवालाई छोडेको भन्दै आफूहरु तीनमध्ये एकजना लड्ने बताएका हुन् ।तीन जना सँगै उभिएर एक जनालाई अघि सार्न सके कांग्रेसमा परिवर्तन आउने पनि उनले बताएका छन् ।
सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठीकै भयो । हामीमध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरु उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छु शशांकले भने, दोस्रो कुरा हामी तीनै जनामध्ये एकजना लड्नेु, उनले भनेका छन्,हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एक जनामात्रै उभिनु पर्यो नि १ तीनै जना उभियौ भने त फेरि परिर्वतन हुँदैन । त्यसैले हामी तीन जनाले यत्ति चाहिँ के भन्नुपर्यो भने हामीमध्ये एक जना उभियौ भने सजिलोसँग हस्तान्तरण हुन्छ ।
महामन्त्री कोइरालाले आफू सभापतिको उम्मेदवार बनेमा पहिला पार्टीलाई एकजुट बनाउने, पार्टीको अहिलेको विधान राम्रो विधान होइन, शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपपर्ने पनि बताएका छन् ।अब सभापति देउवा र नेता रामचन्द्र पौडेल पार्टीमा अभिभावक भएर बस्नुपर्ने उनले बताए ।