काठमाडौंबाट बाहिरिने बसमा पोष्टर, कञ्चनपुरमा नागरिक धर्ना, जाजरकोटमा विप्लवको र्याली

१७ मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
15 Shares


१७ मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार उदासिन भएको आरोप लगाउँदै फेरि चौतर्फी दबाब सुरु भएको छ । केही दिनदेखि सामान्य मागमात्रै भएकोमा अब चौतर्फी दबाब दिन सुरु भएको छ ।

काठमाडौंबाट छुट्ने बसमा पोष्टर
काठमाडौंमा एक एकयुवा समूहले राजधानीबाट बाहिरिने बसहरुमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँसेका छन् ।

महेन्द्रनगरमा धर्ना
निर्मलाका हत्यारा सार्वजनिक गर्न माग राखेर निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।
नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। बिहान १० बजेदेखि अधिकारकर्मीले टाउकोमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेका हुन्।

पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जानकारी दिइन्।

अधिकारकर्मीले मुलगेटमा धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाजमा समेत अवरोध भएको छ। यसअघि सेवाग्राहीले वैकल्पिक बाटो भएर प्रशासन कार्यालयमा कामकाजका लागि जाने गरेपनि सोमबार भने आन्दोलनरत अधिकारकर्मीले वैकल्पिक बाटोमा समेत धर्ना सुरु गरेपछि कामकाजमा अवरोध आएको हो।

जिल्ला प्रशासन कार्यालयमा कामका लागि आउने सेवाग्राहीलाई धर्नामा बसेका अधिकारकर्मीले जानबाट अवरोध गरिरहेका छन्। जसका कारण विभिन्न कामका लागि आउने सेवाग्राही फर्किन वाध्य भइरहेका छन्।

नागरिक संघर्ष समितिले २० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कार्यक्रम अन्र्तगत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएका छन्।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २८ दिन बितिसकेको छ। तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक गरिएको छैन्।छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मला पन्तका बुवाआमाले जिल्ला प्रशासन कार्यालय मुल गेट बाहिर अनिश्चितकालिन धर्ना सुरु गरेको पनि २२ दिन बितिसकेको छ।

धर्नामा बसेकै बेला स्वास्थ्यमा गम्भीर समस्या आएपछि बुवा यज्ञराज पन्तको काठमाडौंमा उपचार भइरहेको छ।

जाजरकोटमा विप्लव माओवादीको -याली
यस्तै, जाजरकोटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले प्रदर्शन गरको छ । प्रदर्शनमा त्रिभुवन माध्यामिक विद्यालय, शान्ति ज्ञानकुन्ज बोर्डिङ, समाता स्कुल लगायत सामुदायिक र निजी स्कुलका सयौं विद्यार्थीहरु पनि सहभागी छन् ।

नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा आइतबार दिउँसो जिल्ला सदरमुकाम खलंगाको तल्नो थाप्लेबाट सुरु भएको प्रदर्शन ठाटीबजार–गैरीखाली, जिल्ला प्रशासन–पिपलडाँडा हुँदै ठाँटी बजारमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेमबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका भेरी व्यूरो सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्का (क्षितिज) र भेरी व्यूरो सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश वली (धमिल)ले सम्बोधन गरेका थिए ।

उनीहरुले कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । दोषी पत्ता नलगाउनु र ‘नयाँ युगको सुरुवात’ भन्दै जताततै पोष्टर टाँस्नु लाजमर्दो भएको पनि उनीहरुको भनाइ थियो ।

१० साउनमा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…