नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा सञ्चालन

प्रकाशित मिति:

बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए । बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारी साधन एकतर्फीमात्रै सञ्चालनमा ल्याइएको थियो ।

बिहीबार बिहान ८ बजेट अवरुद्ध भएको सडक डाइभर्सनपछि शुक्रबार साँझदेखि एकतर्फी सञ्चालन हुँदै आएको थियो । आज दिउँसो मर्मतपछि सडक पूर्णरूपमा दुईतर्फी नै सञ्चालनमा आएको भन्दै गिरीले सडकमा लामबद्ध ठूला सवारी साधनको लाइनसमेत घटेको बताए ।

चितुवाको आक्रमणबाट ११ भेडा मरे

जङ्गलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट जिल्लाको मध्यविन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ । मध्यविन्दु–१ अभियानकी कृषक मन कुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका बताए ।
चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा छिन् । स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट रु दुई लाखभन्दा बढीको क्षति भएको बताए । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ