जिल्ला जिल्लामा अनलाइन टीभी पत्रकारहरु संगठित हुँदै, दाङमा पनि बन्यो संघको समिति

प्रकाशित मिति:

घोराही । अनलाइन टीभी पत्रकार संघ दाङ्गको अध्यक्षमा राजेश खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ। दाङ्ग घोराहीमा आयोजित अनलाइन टीभी पत्रकारहरुको भेलाले खत्रीको अध्यक्षतामा १३ सदस्य प्रथम जिल्ला कार्यसमीती चयन गरेको हो ।संघ को जिल्ला उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एच।आर मगर, सह सचिवमा मेघमान बुढा, कोषाध्यक्षमा जयप्रकाश पौडेल रहेका छन भने सदस्यहरुमा सुरेश पंथी, अंकित खनाल, डमरु प्रसाद निरौला, घनश्याम घिमीरे, मदन मुस्कान वि।क, श्रीनारायन चौधरी, भिम वहादुर वली र वसन्त राना चयन भएका छन ।

त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत, नेपाल पत्रकार महासंघ दाङ्गका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ्गका पुर्वउपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।
जिल्ला शाखा गठन गर्न यही असार २२ गतेको आयोजना गरिएको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि।एमले उदघाटन गर्नुभएको थियो । उक्त दिन अध्यक्षका आकांक्षीहरुविच सहमति नजुट्दा केन्द्रीय प्रतिनिधी अमृतमान वलीलाई सहमतिका लागी समय दिदै भेला स्थगित भएको थियो । त्यसपछि यही असार २६ गतेको भएको भेला मार्फत दाङको पश्चिम हापुरेदेखी पुर्व देउखुरी सम्मका ५० वढी पत्रकारहरुको सहभागीतावाट सर्वसम्मत रुपमा तदर्थ समिती चयन गरीएको केन्द्रीय प्रतिनिधी वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो शाखा नै अहिलेसम्मको सवैभन्दा ठूलो शाखा हो ।

अनलाइन टीभी पत्रकार संघ नेपालका सस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधी वलीको अध्यक्षतामा भएको भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जि।एमले अनलाइन टीभीहरूमा भैरहेका कमिकमजोरीलाई सच्चाउदै यस्लाई व्यवस्थीत, व्यवसायीक, मर्यादीत र जिम्मेवार वनाउन पर्नेमा जोड दिनुभएको थियो । उपाध्यक्ष जि।एमले महासंघको एशेसिएट संस्थाको रूपमा संघले मान्यता पाउन सक्ने जानकारी पनि दिनुभयो । भेलामा दाङवाट अनलाइन टीभीको सुरुवात गर्ने पुराना पत्रकार मध्येका तुल्सीपुर निवासी झक्कु भण्डारीलाई सम्मान गरिएको थियो । संघले यसअघि रोल्पा, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा जिल्ला समिति गठन गरिसकेको छ भने झण्डै २० बर्षदेखि पत्रकारितामा क्रियाशिल पत्रकार तथा सञ्चार र साइवर कानुनका अध्येता जीवन भण्डारीको अध्यक्षतामा गत बर्ष संघको केन्द्रीय समिति दर्ता भएको हो ।