फ्लोरिडामा भत्किएको भवन संचालक बिरुद्ध दर्जनौ मुद्धा,वकिलहरुले निशुल्क मुद्धा लड्ने

प्रकाशित मिति:

अमेरिकाको फ्लोरिडा राज्यको सर्फसाइड स्थित भत्किएको भवनका भवन संघ रसंचालक बिरुद्ध दर्जनौ मुद्धा दर्ता भएका छन् । वकिलहरुले निशुल्क मुद्धा लड्ने भएका छन् । गत बुधबार मृतकको परिवार र पीडितको तर्फ बाट स्वयम् सेवक रुपमा लड्नको लागि अदालतको कक्षमा अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।

एक दर्जन भन्दा बढी मुद्दा भवनको कन्डोमिनियम संघ विरुद्ध मुद्दा दायर गरिएको छ समाचार एनबिसी न्युजले लेखेको छ । हालसालै, एउटालाई १५ बर्षिय किशोरको तर्फबाट शुक्रवार मुद्धा दर्ता गरिएको छ । जसमा उनि बाचे तर आमाको मृत्यु भएको थियो ।

केही मुद्धा सर्फसाइड शहरको नाममा दर्ता गरीएको छ भने उक्त भवन निरीक्षण गर्न आउने अभियन्त्रणा व्यवसायलाई लगायतलाई हालिएको छ । यसमा कुनै शंका छैन कि त्यहाँ अपराधीपन छ। यसमा कुनै शंका छैन कि त्यहाँ अकल्पनीय लापरवाही छ,” वकिल जर्ज सिल्भाले भने । “यसमा कुनै शंका छैन कि यस भवनले वर्षौं सम्म चीत्कार गरि रहेको थियो ।” उनले थपे । सिल्वाले गत बिहीबार ग्राहकहरुको तर्फबाट १५ वटा प्रतिवादीहरू तर्फबाट मुद्धा दायर गरेका थिए, र उनले थप्न खुला रहेको कुरा बताए।