नेपाल एयरलाइन्सलाई निजीकरण गर्नेबारे कुनै योजना छैन : पर्यटन मन्त्रालय

प्रकाशित मिति:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा लैजाने कुनै योजना नबनाएको स्पष्ट पारेको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरणको प्रक्रियामा हालसम्म कुनै योजना नभएको प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।