संस्थापन इतरका नेताहरुको बैठक जारी, गगन थापासहितका नेताहरु पनि सहभागी

प्रकाशित मिति:

काठमााडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक दोस्रो दिन पनि बसेको छ ।नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुनरसिंह केसीको संयोजनमा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरु रहेका छन् ।यसअघि शुक्रवार बसेको बैठकले संस्थापन इतरबाट संयुक्त रुपमा उम्मेद्वार खडा गर्ने विषयमा छलफल भएको थियो ।

करिब दुई घण्टादेखि जारी बैठकमा साझा उम्मेद्वारका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।आज शुक्रवार उपस्थित भएकासँगै कांग्रेस केन्द्रीय सदस्यहरु गगनकुमार थापा, प्रदिप पौडेल, जीवन परियार, गुरुराज घिमिरे लगायतका नेताहरुको समेत उपस्थिती रहेको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, बलबहादुर केसी, सुजाता कोइराला लगायतको उपस्थिती रहेको थियो ।

शुक्रवारको बैठकमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाएर जाने भन्ने विषयमा छलफल शुरु भएको थियो । भने आजबाट त्यसमा थप छलफल गरेर अघि बढ्ने बताइएको छ ।