निर्मलाको न्यायका लागि सरकारलाई तरुण दलको ज्ञापनपत्र

प्रकाशित मिति:

मङ्सिर १७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मुलुककमा बढ्दै गएको बलात्कार, हत्या–हिंसा, महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । तरुण दल काठमाडौंले जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउँदै सरकारसँग मुलुककमा बढ्दै गएको बलात्कार, हत्या–हिंसा, महंगी, भ्रष्टाचार नियन्त्रण गर्न माग गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनुपर्ने, एयरबस घोटाला प्रकरणको छानविन गरिनुपर्ने, महँगी नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासन कार्यालयहरुमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष कृष्णजी खड्काले बताए ।