युरो कपको उपाधि : इंग्ल्यान्डले ‘होम’मा राख्ला कि इटालीले ‘रोम’ लैजाला ?

प्रकाशित मिति:

काठमाडौं । विश्व फुटबलका बलिया देशहरु सम्मिलित युरोकपको फाइलन खेल आज राति हुँदैछ । युरोको फाइनल खेल हुने इंंग्ल्यान्डले उपाधि होम ९घर०मा राख्ला की इटालीले रोम (राजधानी) लैजाला ?

बलियो स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेर फाइनल पुगेको इटाली र डेनमार्कलाई पराजित गरेर फाइनल पुगेको इंग्ल्यान्डबीच आज राति पौने एक बजे हुने फाइनल खेलले निर्धारण गर्नेछ ।युरोपमा बलियो हुँदाहुँदै पनि गत विश्वकपमा छनोट नै हुन नसकेको इटाली नमिठो घाउलाई युरोकप जितेर पूरा गर्न चाहन्छ । यता १९६६ पछि ठूला प्रतियोगिताको फाइलनमा पहिलोपटक पुगेको इंग्ल्याण्ड पनि घरमै भएको फाइनल खेलमा उपाधि गुमाउन चाहँदैन ।

जारी प्रतियोगितामा इंग्ल्यान्डले सेमिफाइनलमा मात्रै डेनमार्कसँग जम्मा एक गोल खाएको छ । समूह चरणमा क्रोएसियालाई १–० गोलले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । तर, तेस्रो खेलमा चेक रिपब्लिकलाई १–० गोलले पराजित गरी इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको थियो ।