मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमवार बाँडफाँड हुने, कतिले पाउलान् ?

प्रकाशित मिति:

नकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमवार बिहान साढे ९ बजे गोला प्रथामार्फत शेयर बाँडफाँड गर्न लागिएको हो।

गत असार १७ देखि २१ सम्म बिक्री खुला गरिएको कम्पनीको आईपीओमा २० लाख ३६ हजारभन्दा धेरैजनाको आवेदन परेको छ।कम्पनीले जारी गरेको ३ लाख ८९ हजार कित्ता साधारण सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

बाँकी तीन लाख ६३ हजार ४९२ कित्ता शेयर ३६ हजार ३४९ जना सर्वसाधारणले १०/१० कित्ता पाउने छन्। दुईजना आवेदकले भने ११/११ कित्ता शेयर पाउने छन्।